पाँचथर/पाँचथरको कुम्मायक गाउँपालिकाले असार बीसदेखि ट्याक्टर सञ्चालनमा रोक लगाउने भएको छ । वर्षादको समयमा अधिकांश स्थानिय सडक ट्याक्टरले जिर्ण बनाएको भन्दै असार २० देखि साउन १५ गते सम्मको लागि ट्याक्टर सञ्चालनमा बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनका अनुसार दैनिक रुपमा सवारी साधनको चापहुने सडक मध्ये यासोक–फिदिम, यासोक–लुमुघाट, यासोक–धरान सडक खण्डको साँवासेरा सडकखण्ड रहेका छन् । ती सडकहरुमा गाउँपालिकाले ट्याक्टर संञ्चालनमा मात्रै रोक लाएको छ । तमोर कोरिरोडमा जोडिएका स्थानिय कच्र्ची सडकहरुलाई गाउँपालिकाले प्राथमिक्त्तामा राखेर काम गर्दै आएको चेम्जोङको भनाई छ । त्यस्तै गाउँपालिकाको केन्द्र यासोक हुदै माङजाबुङ वडा कार्यालय पुग्ने सडकखण्डमा पनि ट्याक्टर संञ्चालनमा रोक लगाएको छ । वर्षादको समयमा गाउँपालिकामा रहेका अधिकांश स्थानिय सडकहरु हिलाम्मे भएपछि दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या हुदै आएको छ । हिलाम्मे सडकमा ट्याक्टर गुड्दा समस्या देखा पर्ने भएकाले तत्कालको लागि यस्तो निर्णय गरिएको गाउँपालिका श्रोतको दावि छ ।