सुनसरी । सुनसरी प्रहरीले ईटहरीस्थित एक हाइड्रोलिक पसलबाट नगद चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

दुर्इदिन अघि ईटहरी-५ बालग्राम चौकस्थित धादिङ सल्लेरी-७ घर भएका बुद्दिमान श्रेष्ठको गाडीको हाइड्रोलिक मर्मत गर्ने पसलबाट नगद ६० हजार रुपैया चोरी गरेको अभियोगमा मोरङ जहदा गाउँपालिका १ बस्ने सागर माझीलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय ईटहरीको टोलीले आइतबार राती १ बजे राजवंशीलाई शंकास्पद रुपमा हिडडुल गर्दैगर्दा फेला पारेका थिए।

राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा उनकोसाथबाट ५२ हजार १ सय साठी रुपैया बरामद भएकोले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ।