सुनसरी । प्रहरीले सुनसरीको ईटहरी-२० बाट लागुऔषध गाँजा बरामद गरेको छ।

को. १ ह ८५६५ नम्बरको ट्याम्पुबाट आइतबार राती प्रहरीले सात किलो लागुऔषध गाँजा बरामद गरेको हो।

विशेष सुचनाका आधारमा प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले धरानबाट ईटहरीतर्फ आउँदै गरेको सो ट्याम्पुलाई रोकेर चेकजाँच गर्न खोज्दा ट्याम्पुका चालक र पछाडी बसेका एक व्यक्ति ट्याम्पु छाडेर भागेपछि चेकजाँच गर्दा चालक बस्ने सिटमुनि लुकाईएको अवस्थामा ८ पोका गाँजा बरामद भएको प्रहरी चौकी तरहराले जनाएको छ।

प्रहरीले ट्याम्पुमा सवार अर्का एक झापा सुरुङ्गा ५ बस्ने बिष्णु राईलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ।