धरान । एलजीले डुएल फ्रिज टेक्नोलोजी भएको रेफ्रिजेरेटर नेपालमा भित्र्याएको छ । डुएल फ्रिजलाई उपभोक्ता केन्द्रित डिजाइन गरी ग्राहकमाझ ल्याएकाले प्रयोग गर्न सहज हुने एलजीको आधिधकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालिले जनाएको छ । फ्रिजरलाई ६८ मिनेटमा फ्रिजमा बदल्न सक्ने विशेषता भएको रेफ्रिजेरेटरको क्षमतालाई १.४ गुणासम्म बढाउन सकिन्छ । ३ सय ३१ लिटर क्षमता भएको फ्रिजलाई ४ सय ५८ लिटरसम्म बनाउन सकिन्छ ।
इन्भटर लिनिएर कम्प्रेसरयुक्त फ्रिजले खानालाई १४ दिनसम्म ताजा राख्ने बताइएको छ । साथै यसमा डोर कुलिङ विशेषता पनि रहेको छ, जसले ३५ प्रतिशतसम्म चाँडो चिसो पार्ने कम्पनीको दाबी छ ।