तेह्रथुम । लालीगुँरास नगरपालिका–९ सोल्मामा एक दिने आधारभूत मौरी पालन तालिम मङ्गलबार सकिएको छ ।
तालिममा मौरी पालन, गोला विभाजन, मह उत्पादन, मौरीमा लाग्ने रोगका प्रकार, नियन्त्रणका उपाय, परागसेचन लगायतका विषयमा तालिम दिइएको थियो । तालिमको सहजीकरण मौरीपालन स्रोत केन्द्र लालीगुँरास नगरपालिका–३ वसन्तपुरका सञ्चालक चन्द्र कार्कीले गरेका थिए । तालिममा नगरपालिका ८ र ९ वडाका ३० जना किसानको सहभागिता रहेको थियो । तालिम लालीगुराँस नगरपालिका कृषि शाखा वसन्तपुरको आयोजनामा भएको हो । मौरी पालन गरी किसानको आयअर्जन बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।