बिर्तामोड । बिर्तामोडमा गुणस्तरीय पिज्जा घर सञ्चालनमा आएको छ । पिज्जाका पारखीको चाहनालाई मध्यनजर गरी दुइजना युवाले पिज्जा घर सञ्चालनमा ल्याएका हुन् ।
सञ्चालकद्धय याम खरेल र याम ढुङ्गानाको ६० लाख लगानीमा पिज्जा घर खोलिएको हो । सञ्चालक खरेल लामो समय बैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा थिए । त्यहाँ रहँदा उनले पिज्जा घरमा काम गरेको अनुभवलाई आफ्नै ठाउँमा प्रयोगमा ल्याएको बताए ।
नेपालमा पिज्जालाई खाजाको रुपमा लिइने गरेको छ । इटालीबाट शुरु भएको पिज्जा एउटा कम्प्लिट खाना हो । तर, नेपाली समुदायमा खासै यसलाई खानाको रुपमा लिइदैन । ‘नेपाली समुदाय पिज्जाको बिषयमा जानकार छैनन्’, सञ्चालक खरेलले भने ‘हामी यो विषयमामा ग्राहकलाई पिज्जाको जानकारी गराउँदै नयाँ परिकार पस्केका छौं ।’
पिज्जा घरमा बिभिन्न स्वादका १४ प्रकारका पिज्जा पाइन्छन् । ७ प्रकारका बर्गर, ९ प्रकारका सेन्डविच उपलब्ध रहेको सञ्चालकले बताए । उनीहरुका अनुसार स्मार्ट किचन, रेष्टुरेन्टको अवधारणामा पिज्जा घर सञ्चालनमा आएको हो ।
पिज्जा घरले गुड फ्राइडे अफर पनि ल्याएको छ । एउटा पिज्जा किन्दा अर्को त्यही साइजको पिज्जा निःशुल्क पाइने सञ्चालक खरेलले बताए । पिज्जा घरमा ९ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै अर्का सञ्चालक ढुङ्गानाले घरमै बसेर खान मन पराउँनेले यसको स्वाद लिन सक्ने बताए । त्यसका लागि होम डेलिभरी सेवा समेत शुरु गरेको उनले बताए । अर्डर अनुसार काँकरभिट्टादेखि सुरुङ्गा क्षेत्रसम्म लागत अनुसार होम डेलिभरी सेवा रहेको छ । बिर्तामोड आसपासका लागि भने निःशुल्क होम डेलिभरी सेवा रहेको सञ्चालक ढुङ्गानाले बताए ।