पथरी / पथरीशनिश्चरे १ मा नगरपालिकाको आर्थिक सहयोगमा पाँच दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न भएको छ ।
तालिमलाई बुधबार समापन गरिएको थियो । समापन कार्यक्रममा पथरीशनिश्चरेका मेयर दिलिपकुमार राईले तालिममा सहभागीलाई प्रमाण पत्र वितरण गरेका थिए । अरुण खबर मिडिया प्रालि विराटनगरको आयोजनामा १६ गतेदेखि सुरु भएको थियो । तालिममा विभिन्न संचारमाध्यममा कार्यरत पथरीशनिश्चरे क्षेत्रका १५ जना पत्रकारहरुले तालिम लिएका थिए । तालिमको सहजीकरण यज्ञ शर्मा, महेन्द्र विष्ट र नेत्र पि अधिकारीका साथै भुपेन्द्र तिम्सिनाले गरेका थिए । अरुण मिडिया प्रालिका अध्यक्ष महेन्द्र बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर दिलिप राई थिए । प्रमुख राईले आगामी बर्षहरुमा पनि पत्रकारिताको विकासका लागि यस्ता तालिमहरुको आयोजना गरिने बताए ।