पाँचथर । खेलकुदमा महिला सहभागिता बढाउन जिल्लाको याङवरक गाउँपालिकाले खेलकुदसम्बन्धी तालिम प्रदान गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबा मेन्याङबोले तालिममा गणेश मावि, थर्पु मावि, सिंहापुर मावि र अमरपुर मावि गरी ४ वटा विद्यालयका एक सय ४० जना सहभागी बनेको बताइन् । तालिमको सहजीकरण खेलकुद परिषद्का कुमारी राई र किशोर रोकायले गरेका थिए । तालिमको अनुगमन क्षेत्रीय खेलकुद समितिका अध्यक्ष रबिन नगरकोटीले गरे ।
खेलकुदमा महिला सहभागिता बढाउन तालिम
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































