विजयपुर । सेन्चुरी ग्रुप (दुगड स्पाईसेस) ले सेन्चुरी मसला नयाँ एयरटाइट जारमा बजारमा ल्याएको छ ।

मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यले कम्पनीले नयाँ प्याकेजिङ सार्वजनिक गरेको जनाएको छ । 

कम्पनीका अनुसार एयरटाइट जारले मसलालाई बाहिरी प्रभावबाट जोगाउँदै सुगन्ध र गुणस्तर कायम राख्न सहयोग गर्नेछ । आकर्षक डिजाइनमा तयार गरिएको जारलाई मसला सकिएपछि पनि घरायसी प्रयोजनमा पुनः प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

नयाँ प्याकेजिङसँगै कम्पनीले उपभोक्ताका लागि विशेष अफर समेत ल्याएको छ । उपभोक्ताले प्रत्येक जार खरिद गर्दा १५ प्रतिशत अतिरिक्त मसला निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । प्रयोगमा सहजताका लागि प्रत्येक जारभित्र मसला निकाल्न मिल्ने चम्चासमेत राखिएको कम्पनीले जनाएको छ ।

गुणस्तरीय र स्वच्छ मसलाको प्रयोगले दैनिक खानाको स्वादसँगै स्वस्थ जीवनशैलीमा समेत सहयोग पुग्ने उल्लेख गर्दै कम्पनीले उपभोक्तालाई सेन्चुरी मसला प्रयोग गर्न आग्रह गरेको छ ।

सेन्चुरी ग्रुपले आफूलाई दिगो विकास र जिम्मेवार व्यावसायिक अभ्यासप्रति प्रतिबद्ध कम्पनीका रूपमा प्रस्तुत गर्दै आएको छ । नेपालमा मसला क्षेत्रमा आफ्नो पहिचान बनाएको कम्पनीले आगामी दिनमा पनि उत्पादनको गुणस्तर सुधार र उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै नयाँ योजना ल्याउने जनाएको छ ।