उर्लाबारी । केही दिन अघि देखिको निरन्तर परेको बर्षाका कारण उर्लाबारी – ६ स्थित पाठशाला कृषि सहकारी संस्था लिमिटेडले लगाएको व्यवसायिक तरकारी खेतीमा ३ लाख बराबरको क्षति भएको छ । सो सहकारीले दुई महिना अघि तिन बिगाहा क्षेत्रफलमा व्यवसायिक तरकारी खेती शुरु गरेको थियो । केही दिन देखि निरन्तर परेको पानीको निकास नहुदा“ काक्रा, बोडी, लौका, पर्सी, करेला, लगायतका तरकारीवाली डुवानमा परेको हो । यसरी पहिलो पटक परिक्षणको लागि लगाएको व्यवसायीक तरकारी खेतीमा पानीले डुवाए पछि करिव ३ लाख बराबरको नोक्सान भएको हुन सक्ने संस्थाका अध्यक्ष दुर्गाप्रसाद खतिवडाले बताएका छन । नगरमा बर्षाका कारण उर्लाबारीका अधिकांश क्षेत्र डुवानमा परेपनि मौसमको अनुकुल भएपछि अपरान्ह देखि सहजता आएको छ । नगरको वार्ड नं.–५ बाट पानी निकास हुने वार्ड नं.–७ को मालबासे पम्प अगाडीको कल्भर्टबाट पानी न्यून मात्रमा जादा“ वार्ड नं. –५ डुवान भएको स्थानियबासीन्दा ऋषी कोईरालाले बताएका छन । संस्थाले स्थानीय शोभा चेम्जोङ पालुङवाको जमिन पाँच बर्षको लागि भाडामा लिएर व्यवसायिक तरकारी खेती शुरु गरेको थियो । संस्थाले तरकारी खेतीमा अहिले दैनिक १० जनालाई रोजगारी समेत प्रदान गर्दै आएको छ ।