जिरोपोइन्ट । धरान उपमहानगरपालिकाले समुदायलाई आयुर्वेद र जडिबुटी प्रयोगबारे सचेतना गराएको छ । बिहीबार धरान १५ स्थित आयुर्वेद औषधालयमा धरान–५ र १५ का स्थानीयलाई आयुर्वेद र जडिबुटीको महत्वबारे सचेतना गराएको हो । समुदायबाट करिव २५ जना सहभागी बनेका थिए । उनीहरुलाई औषधालयका कविराजद्वय रामबाबु यादव र आशेस्वर महासेठले जानकारी गराएका थिए । कविराज यादवले आयुर्वेदको सही रूपमा प्रयोग नभएको बताए । उनले दैनिक जीवनमा आर्युवेदको प्रयोग गरिरहेको तर, गलत प्रयोगको कारण स्वास्थ्यमा नकरात्मक असर परिरहेको बताए । धरान १५ का वडाध्यक्ष तथा औषधालय व्यवस्थाप समितिका अध्यक्ष नरेश इवारमले आयुर्वेद स्वास्थ्यको लागि फाइदाजनक रहेको बताए ।