पथरी । कानेपोखरी गाउँपालिकाले तेस्रो चौमासिक सार्वजनि सुनुवाई सम्पन्न गरेको छ । बिहिबार कानेपोखरी वडा नं. १ स्थीत होक्लाबारीमा आर्थिक बर्ष ०७४/०७५को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा गाउँपालिकामा ०७४÷०७५ मा भएका कार्यक्रम तथा कार्यालयले गरेका कामकार्वाही, खर्च लगायतका विषयहरुको प्रतिवेदन गाउँपालिकाका प्रशासकिय अधिकृत नारायण न्यौपानेले प्रस्तुत गरेका थिए । उनले आर्थिक बर्ष ०७४÷०७५ को कुल बजेट रु.३८ करोड ४३ लाख ३३ हजार ८सय ३५रुपैया र चालु र पुजीगत खर्च रु २९करोड ७८लाख ४८ हजार रहेको थियो । त्यसैगरी कुल चालु बजेट रु.२० करोड ४८ लाख २० हजार ११ रुपैया र कुल पुजीगत बजेट रु. १७करोड ५७ लाख ८३हजार ७सय ९५ रुपैया रहेको थियो । चालु खर्च तर्फ २८ करोड४३लाख३८हजार र पुजीगत खर्च रु. ११करोड,३५लाख १०हजार रुपैया रहेको सार्वजानीक गरेका थिए । सार्वजानीक कार्यक्रममा गाउँपालिकाको कुल योजना संख्या ६२८ मध्ये असार २० गते सम्ममा ४८२ योजना सम्पन्न भएको र अन्य योजनाहरु सम्पन्न चरणमा रहेको बताएका थिए । जस मध्ये २६ किलोमिटर कालोपत्रे सम्पन्न भएको र ३६ किलोमिटर सडक स्तरिय ग्राभेल भएको र २ किलोमिटर नयाँ ट्रयाक पुल तथा कल्भट १२ वटा निमार्ण भएको छ । भवन निमार्ण मापदण्ड र घर नक्सा पास कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको बताएका थिए । सामाजिक सुरक्षा भक्ता ३१सय ५५ जनाको बैंकीङ प्रणालि मार्फत वितरण सुरु भएको छ । गाउपालिकालाई यसै आर्थिक बर्षमा खुल्ला दिशा मुक्त घोषणा सम्पन्न गरेका छन् । वयरवन स्वास्थ्य चौकिमा २४ घण्टे वर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको,न्यायीक समिति मार्फत ५७ वटा उजुरीहरु मध्ये ४१ वटा उजुरीहरु फर्छौय्ट गरिएको उपाध्यक्ष राजमती इङ्नामले बताए । गाउपालिकाको लागि आवस्यक १२ वटा महत्वपुर्ण कानुनहरु निमार्ण भइ कार्यान्वयनमा आएको छ । गाउँपालिकाले राजस्व उठाउने लक्ष्य अनुरुप आषाढ २० गते सम्ममा ८६.५० प्रतिशत राजस्व संकलन भएको समेत सार्वजानीक गरेका थिए । कार्यक्रमलाई गाउँपलिको आयोजनामा एकता मिडिया प्रा.लि. रेडियो सुसेली १०६.३ मेगाहर्जले सहजिकरण गरेको थियो । कार्यक्रममा स्थानीय तह र नागरिकहरुका विचमा दोहोरो संवाद स्थापीत गरी जनतालाई गाउँपालिका विकासको प्रकृयामा प्रतिनिधित्व गराउन स्थानीयतहबाट सञ्चालित विकास निमार्णका कार्यक्रम, गाउँपालिकावाट उपलव्ध सेवा सुविधालाई सार्वजनिक गरी त्यसका विषयमा आम नागरिकलाई स्पष्ट गराने उद्देश्य रहेको एकता मिडियाले जनाएका थिए । कार्यक्रमको अध्यक्षता गाउपालिकाका अध्यक्ष तारा वहादुर काफ्लेले गरेका थिए भने उपाध्यक्ष राजमति इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडा अध्यक्ष र विषयगत शाखाका प्रमुखहरु, सेवाग्राही लगायतको उपस्थीत रहेको थिए ।