पथरी । “प्रधानमन्त्री देखि जनता सम्म सवैले गरौ श्रमदान, युवा संघ नेपाल र वाईयल नेपालको ऐतिहासिक अभियान’ भन्ने मुल नाराका साथ सामुहिक धान रोपाई कार्यक्रम मोरङमा समापन गरेको छ । विहिबार मोरङको सुन्दरहरैचा वडा नं.६ स्थित कुमारचौकमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरेको उपस्थीतमा सामुहिक धान रापाई कार्यक्रम समापन गरेको हो । समापन कार्यक्रमको प्रमुख अतिथि,विशिष्ट अतिथि, अतिथि र उपस्थीतहरुले टेकबहादुर लिम्बू र मनकुमार पराजुलीको २३ कट्ठा जमिनमा धान रोपेका थिए । संयुक्त कार्यदल युवा संघ नेपाल मोरङ र वाईसिएल नेपाल मोरङ संयुक्त आयोजनामा असार १५ गते देखि मोरङको बिभिन्न स्थानमा सामुहिक धान रापाई गर्दै आएका थिए । सँयुक्त कार्यदलले १४ गते विराटनगर,१५ गते कानेपोखरी,१८ गते पथरीशनिश्चरे,१९ गते रतुवामाई र २१ गते सुन्दर हरैचामा धान रोपेका थिए । समापन कार्यक्रम सम्म ८ विगाह जग्गामा धान रोपेको र १२सय युवाहरु सहभागी रहेको युवा संघ नेपाल मोरङका अध्यक्ष नविन पौडेलले बताए । उनका अनुसार यस अभियानको एउटा सफलता भनेको माथिल्लो पुस्ता र नयाँ युवा पुस्तालाई नजिक्याउनु पनि हो । संगठनको गतिशीलताका लागि पनि यो अभियान एक कोषेढुङ्गा सावित भएको बताएका छन् । समापन कार्यक्रममा विशिष्ट अतिथिहरु पार्टी जिल्ला सचिवालय सदस्य विमला घिमिरे,युवा फाँट प्रमुख युवानेता सन्तोष वान्तवा, संघकी केन्द्रीय सदस्य तथा मोरङ ईन्चार्ज अन्जुसिंह बस्नेत, संघका केन्द्रीय सदस्य मुकेश बुढाथोकी, पार्टी युवानेता राजेन्द्र कार्की,संघका प्रदेश सदस्य माधवराज थापा,रुद्र श्रेष्ठ, पवन पौडेल,संघका केन्द्रीय लेखा आयोग सदस्य राजन प्रसाईं लगायत उपस्थीत रहेका थिए ।