संखुवासभा । जिल्ला युवा समिति संखुवासभाले जिल्लामा विभिन्न क्षेत्रमा क्रियासिल सस्था र व्यतिहरुलाई सम्मान गरेको छ । बिहिवार एक कार्यक्रमका साथ जिल्ला स्तरीय युवा प्रतिभा तथा उद्यामीहरुको सम्मान गर्ने उद्दश्य स्वरुप एक सस्था र तीन व्यतिलाई सम्मान गरेको हो । सम्मानित हुनेमा संघ सस्था अन्र्तगत जिल्लामा बालबालिकाको हक अधिकारको क्षेत्रमा क्रियासिल सस्था मकालु त्रिशक्ति समुह नेपाल लाई सम्मान गरेको हो ।

त्यस्तै संगितको क्षेत्रमा जिल्लामा महत्वपुर्ण योगदान गरेको भन्दै गायक उमंग लामा, हस्तकलाको क्षेत्रमा उद्यामी बनेर पहिचान बनाउन सफल नविन कार्कीलाई पनि सम्मान गरेको छ । कार्की जिल्लामा रहेर बाँसका सामाग्री निमार्ण गरि सफल व्यवसायीको रुपमा परिचित छ । त्यस्तै खेलकुदको क्षेत्रमा जिल्लालाई चिनाउन सफल भएको भन्दै खेलाडि अस्मिता गुरुङलाई पनि सम्मान गरेको छ । गुरुङ गत वर्ष वंगलादेशमा भएको साफ च्यम्पियनसिपमा १५ वर्ष मुनिको महिला फुटबल प्रतियोगितामा राष्ट्रिय टिमबाट खेलको जिल्ला युवा समितिका अध्यक्ष हरी लिम्बुले बताए । उनिहरुलाई प्रशसापत्र र नगदद्धारा सम्मान गरिएको लिम्बुले बताए । सो कार्यक्रमबा बिच जिल्ला युवा समितिले सुखि नेपाली समृद्द नेपाल शिर्षकको बतृत्वकला प्रतियोगिता पनि सम्पन्न गरेको छ । जसमा प्रथम सम्झना घिमिरे, द्धितिय संकर खत्री, तृतिय आयुस कटुवाल र सान्तवना सविना पोख्रेल भएका छन् । प्रथम हुनले विराटनगरमा २३ गते हुने प्रदेश नं १ स्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउने अध्यक्ष लिम्बुले बताए । विजेताहरुले क्रमश जनहि नगद ७ हजार, ५ हजार, ३ हजार र दुई हजार सहित पुरस्कार प्राप्त गरेको छन् ।