भद्रपुर / विज्ञहरुको सल्लाह बिपरित लाखौ रकममा खरिद गरिएको नगरपालिकाको फोहोर फाल्ने ठाउँ घाडो भएको छ । भद्रपुर नगरपालिका क्षेत्रभित्र रहेको फोहोरलाई व्यवस्थापन गर्न नौबर्ष अघि खरिद गरिएको छ विगाहा पाँच कठ्ठा दश धुर  जमिन नगरलाई घाडो भएको हो ।

नगरले साे जमिनलार्इ ०६५ कार्तिक १० मा २४ लाख ५३ हजार एकसय मूल्यमा खरिद गरेको जनाएको छ । साविक चन्द्रगढी ३ हाल भद्रपुर नगरपालिका ९ हडिया खोला छेउमा रहेको जग्गा लाइ नजिकै रहेको चन्द्रगढी विमानस्थलले असुरक्षा देखाउदै रोक लगाएपछि नगरपालिकालाई घाडो भएको हो । हालसम्म जग्गा प्रयोविहीन भएको छ । फोहोर का कारण चराचुरङ्गीले विमानमा असर पुर्याउने भएकोले फोहोर फाल्न नदिएको चन्द्रगढी नागरिक उड्डयान कार्यालय प्रमुख पूर्ण चुडालले बताए । विमानस्थल बाट दुइ देखि तीन किलोमीटर भित्र चिडिया खाना, डम्पिङ् साइड सञ्चालनमा आए चराचुरुङगीले विमान दुर्घटना गराउने भएकोले रोक लगाउनु परेको उनको भनाई छ । एयरपोर्टका कारण खरिद गरेको जग्गामा फोहोर फाल्न नपाइने भद्रपुरका मेयर जीवन कुमार श्रेष्ठले बताए । हाल भद्रपुर ५ मेची किनारमा खाडल खनेर फोहोर फाल्दै आएको उनको भनाई छ । नगरले यसको दिर्घकालिन व्यवस्थापनको लागि प्रत्येक वाडमा एउटा डम्पिङ् साइडको राख्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । दैनिक कति फोहोर उत्पादन हुन्छ भन्ने बारे थाहा नभएको उनले जनाए । कुहिने नकुहिने फोहोर एकैठाउँमा फालेका कारण फोहोरको मात्रा बढेको वातावरणविद् ज्ञानेन्द्र चौधरीले बताए । ६५ प्रतिशत कुहिने २५ प्रतिशत पुनः प्रयोग हुने र १० प्रतिशत मात्र फाल्नु पर्ने भएकोले जनचेतनाको अभावले समस्या आएको उनको भनाइ छ । १० प्रतिशतको लागि थोरै स्थान भए हुने उनको भनाइ छ ।