पथरी / संयुक्त लिम्बुवान संघर्ष समितिले ३५ लाख एसएमएस प्रदेश नम्बर १ का मुख्य मन्त्रिलाई  पठाउने भएका छन् । संघर्ष समितिले पठाउने लक्ष्य अनुरुप एसएमएस पठाउन शुक्रबार देखि इटहरीबाट सुरु गरेको छ । ‘लिम्बुवान राज्य सुनिश्चित गर’ लेखेर प्रदेशका मुख्य मन्त्री, मन्त्री, सभामुख र संसदीय दलको नेताहरूलाई पठाउने जनाएको छ ।

संघीय लिम्बुवान मञ्च नेपाल अध्यक्ष कुमार लिङ्देन र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्साम मेन्याङ्बो, किरात याक्थुङ चुम्लुङका प्रदेश अध्यक्ष धुर्ब सुब्बा, संघीय समाजवादी फोरम नेपालका पदम अधिकारी, लोकसागर साम्बा लगायतले एसएमएस प्रारम्भ गरेको छ । सुनसरीको इटहरीमा बैठक बसे लगत्तै समिति आबद्ध नेता कार्यकर्ताहरुबाट दबाब स्वरुप ३५ लाख एसएमएस पुर्याउने समितिका नेता लोकसागर साम्बाले बताएका छन् ।