पथरी । लागुऔषध नियन्त्रण कार्यदल कानेपोखरीले ‘लागुऔषध नियन्त्रण जनचेतना अभियान’ एक दिने कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार कानेपोखरी वडा नं. ६ मा रहेको रमाइलो साकेसको भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले लागुऔषध सेवनबाटै समाजमा विभिन्न अपराधी घटनाहरु घट्ने भएकोले यसको नियन्त्रण सबै मिलेर गर्नुपर्ने र बाबुआमाले आफ्नो छोराछोरीको बेलैमा राम्रो ध्यान दिनु पर्छ, बेलैमा ध्यान दिएनौ भने लागुऔषध सेवन कर्ता भए पछि त्यसलाई सुधार्न नसकिने पनि उनले बताए । उनले भने –‘लागुऔषध कारोवार र सेवन कर्ता युवा र युवती उतिकै संख्या भएको र धेरै पौसा कमाउने लोभमा औषधि पसलहरुबाटै लागुऔषध विक्रि वितरण हुने गरेको छ । यस्तो विक्रि विरण भएको पाइएमा हामीलाई सम्पर्क गर्नुस हामी पक्राउ गर्नेछौँ ।’ कार्यक्रमका विशेषअथिति कानेपोखरी गाउँपालिकाको अध्यक्ष तारावहादुर काफ्ले यस क्षेत्रमा लागुऔषध सेवन र कारोबार के गरेर हुन्छ शून्यमा ल्याउनु पर्ने बताए । सचेतना कार्यक्रम ल्याएर,स्कुल,घरघरमा गएर सचेतना गर्नु पर्ने बताए । कार्यक्रममा कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने,वडाध्यक्षहरु मोहन अधिकारी,चरण गुरुङ,खड्ग बस्नेत लगाएत पार्टीका प्रतिनिधिहरु उपस्थीत रहेका थिए । कार्यक्रममा नीजि र सरकारी विद्यालयका शिक्षकशिक्षिका,स्वास्थ संस्यमसेवीका,विद्यार्थी, युवा लगाएत कार्यक्रममा सहभागी रहेका थिए । लागुऔषध नियन्त्रण कार्यदल कानेपोखरी अध्यक्ष विवेक लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अशोक फुयलले संचालन गरेका थिए ।