रंगेली । पूर्व प्रधानमन्त्री एवम नेकपाका वरिष्ठ नेता माधव कुरमार नेपालले नेपालमा व्यथितिको सिमा नगीसकेको बताएका छन् । उद्योग संगठन मोरङको नवनिर्वाचि कार्यसमितीको पदस्थापन कार्यक्रममा नेता नेपालले विकास निर्माणको कामा हुने ढिला सुस्ति राष्ट्रिय रोग रुपमा परिणत भएको बताए । उनले व्यथिति,ढिलासुस्ति र भ्रष्टचारले हद नगिसकेकोले यसलाई सबैले मिलेर तोडनु पर्ने बताए । पूर्व प्रधानमन्त्री नेपालले जनताले भाषण होइन काम,व्यवहार र परिणाम देख्न चाहेको बताए । पदस्थापन कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितले महिनौ उद्योग बन्द गराएर आफ्ना माग पुरागराउने समय गएको बताएका छन् । उनले श्रमीक उद्योग मैत्रि बनेर आए सरकार सधै सकारात्मक रहेको बताएका थिए । कार्यक्रममा उद्योग बाणीज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जग्गा प्राप्ती,चर्को व्यजदर र नितिनियमको अभाव तिनवटा समस्या समाधन भए निजीक्षेत्रले अझै रोजगारीको वातावरण सृजना गर्न सक्ने बताए । कार्यक्रममा संघिय संसद रमेशजंग रायमाझी,प्रदेश एकका सामजिक विकास मन्त्री जिवन घिमिरे,विराटनगर महानगरपालीकाका मेयर भिम पराजुली,उद्योग बाणीज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकाल लगायतले आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमा नवनिर्वाति अध्यक्ष भिम घिमिरे लगायत समितीका पदाधिकारीलाई सपथ ग्रहण गराएर पदस्थापन गरिएको थियो ।