प्रकाशपुर (सुनसरी) । सप्तकोशी नदीमा बालुवा निकाल्न समस्या हुँदै आएको छ । नदीले बगाएर ल्याएको बालुवा धेरै हुन थालेपछि सप्तकोशीमा पानी बग्न समस्या हुन थालेको हो । समयमा बालुवा निकाल्न नसक्दा सप्तकोशीको पानी गाउँ पस्न सक्ने भन्दै प्रकाशपुरबासी चिन्तित बनेका छन । दुई वटा बालुवा छान्ने डूेजर मेसिन मध्ये एउटा केहि वर्ष देखि बिग्रीएर नदीमै थन्किएको छ ।

सप्तकोशी नदीमा अहिले बाढी सँगै अत्याधिक बालुवा आए पनि छिटो छिटो बालुवा निकाल्न नसकेको कारण समस्या भईरहेको बताए । लामो समय देखि बालुवा छान्ने काम गदै आएका सरकारी कर्मचारी दुर्गाबहार विष्टले एउटा मेसिन बिग्रीएर थन्किए पछि एउटा मेसिनले बालुवा छान्दै आएको वताए । एउटा मेसिन पोहोर नै बिग्रीएको थियो अहिले उ त्यो एउटाले बालुवा छान्दै छ मेसिन देखाउँदै विष्टले भने । एउटा मेसिन बिग्रीए पछि बालुवा निकाल्न समस्या छ ती कर्मचारीले भने । कोशीमा बालुवा बढे पछि कोशी करीरोड आसपासमा बस्ने जनताहरुलाई बर्षायामको जेष्ठ,असार,श्रावण र भदै महिनामा त्रास हुने गरेको छ । बालुवा बढे पछि कोशीको सतह माथि आउँछ जसका कारण कोशीको पूर्वी तठबन्धनमा खतरा हुने कारण बालुवा निकाल्न नेपाल सरकारले अनुगमन गर्नु पर्छ स्थानीय प्रकाशपुरका बाबुराम कार्कीले वताए । बर्षायाममा हुने बालुवा निकाल्ने कामलाई भारतले पनि महत्व नदिईरहेको कार्कीको भनाई छ । नेपालको नदीको बालुवा निकाल्न समेत भारतकै भर छ कार्कीले भने । वर्षायाममा अत्याधिक बालुवा कोशीमा आउँने गरेको तर समयमै निकाल्न भारतीय पक्षले हेलचेक्राई गर्दा स्परहरु कटानको सम्भावना हुने प्रकाशपुरका रेडक्रसकर्मी रविन घिमिरेले वताए । उनले भने अहिले बालुवा कोशीमा अत्याधिक आए पनि निकाल्न भने कोशी ब्यारेजले हेलचेक्राई गरीरहेको छ । दैनिक जसो बालुवा निकाल्नु पर्छ घिमिरेले भने । अहिले बालुवा निकाल्ने विषयमा भारतीय पक्ष गम्भिर नभएको उनको भनाई थियो । बालुवा निकाल्दै कोशी नदीको समस्याको बारे नेपाल सरकार र भारत सरकार गम्भिर हुनु पर्छ उनले थपे । यता कोशी ब्यारेजका पानी अपरेटर पप्पुकुमारले भने बालुवा निकाल्ने कार्य भईरहेको बताउँदै डूेजर मेसिनले बालुवा निकाली रहेको बताए । अहिले केहि विग्रको छ भनेको सुनेका छौ यस विषयमा विस्तृतमा थाहा छैन उनले भने । भारतको विरपुरमा मेसिनको कार्यलय छ पप्पुकुमारले भने । ९ लाख क्यूसेक प्रतिसेकेन्ड पानी बवाव गर्ने क्षमता रहेको कोशी ब्यारेजमा वर्षौंदेखि थुप्रिएको बालुवाले तीन लाख क्यूसेकमै पानी झण्डै पुल नै छुने गरी बग्ने गर्छ । बहाव क्षमता कम भएकाले अहिले डेढलाख क्यूसेक भन्दा बढी पानी हुनासाथ कोशी ब्यारेजमा खतरा सूचक रातो झण्डा लगाउने गरिएको छ । कोशी ब्यारेज कन्टूोल रुपमा सब इन्जिनियर एम एच अन्सारीले बालुवा छान्ने काम भईरहेको वताए । अहिले कोशी नदीमा बालुवा बाढीले धेरै ल्याउँछ तर हामीले उक्त बालुवा मेसिनले निकाल्ने काम गदै आएको छौ इन्जिनियर अन्सारीले भने । अहिले दैनिक बालुवा बढीरहेको भन्दै अन्सारीले बर्षायामको समयमा बालुवा निकाल्ने मेसिन नदीमा प्रयोग गदै आएको वताए । ब्यारेजको ५६ ढोका छन् भने लम्बाइ ११७५ मिटर छ । कोसीको पानीलाई सोहोरेर ब्यारेजतर्फ ल्याउनका लागि ब्यारेजको उत्तर (नेपाल) तर्फ १२५ किलोमिटर लामो तटबन्ध बनाइएको छ ।

सुनसरी मोरङको मेसिनको हालत उस्तै सुनसरी मोरङ सिचाई आयोजनालाई लक्षित गरीे बालुवा छान्नका लागि चतरामा राखिएको अरुण र वरुण नामक बालुवा छान्ने मेसिनको पनि आयु सकिँदै जाँदा काम नगर्ने समस्या बढ्दै गएको छ । बालुवा छान्ने अरुण मेसिन एक बर्ष देखि बिग्रिएर थन्किएको अवस्थामा छ । सुनसरीको बराह क्षेत्रको चतरादेखि मोरङ जिल्लाको बाहुनी गाविससम्म लामो नहरको दायाँबायाँ २२ शाखा नहर छन् । त्यस नहरहरुमा पानी सँगै बालुवा नजाओस भनेर २०५२ सालमा ९ बर्षको लागी भनेर आएको उक्त मेसिनले अहिले सम्म बालुवा छान्दै आएको छ । मेसिन बिग्रीएर थन्किएको लामो समय हुदा सम्म मर्मतको कामले प्रथामिकता नपाएको स्थानीयबासीहरुको भनाई छ । यता सुनसरी मोरङ सिचाई योजना डिभिजन नम्बर ३ का इन्जिनियर श्रीकृष्ण शाहले भने बालुवा छान्ने काम प्रथामिकताको साथ भईरहेको जनाए । बालुवा छान्नको लागी अरुण र बरुण मेसिन मध्ये अहिले बरुण सञ्चालनमा छ ,अरुण एक बर्ष देखि बिग्रीएको अवस्थामा छ शाहले भने । तर मेसिन चलाउँने कोशिसमा हामि छौ एउटा मात्र मेसिनले काम गर्दा केहि समस्या छ उनले थपे । जेष्ठ २७ गते नै बालुवा क्लियर भईसकेको बताउँदै शाहले भने हामीले किसानको खेतमा बालुवा जान दिएका छैनौ ।