उर्लाबारी । यहा“स्थित कान्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आठौँ वार्षिकोत्सवको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र दमकको प्राविधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक यमलाल रसाइलीले बताएका छन् । आठ वर्ष अघि स्थापना भएको सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत बर्सेनी रक्तदान कार्यक्रमको आयोजना गर्दैैै आएको छ ।