मोरङ । मोरङको विराटनगर र झापाको काँकडभिट्टाबाट प्रहरीले बिहीबार साँझ लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

मोरङ विराटनगर महानगरपालिका १३ स्थित रोडशेषबाट प्रहरीले लागूऔषध सहित दुर्इ जानालार्इ पक्राउ गरेकाे छ । प्रहरीकाे टाेलीले शंकालागी चेकजाँच गर्ने क्रममा उनिहरूका  साथबाट लागूऔषध एभिल ३० एम्पुल, डाईजेल्याव ३० एम्पुल र नेरोजेसिक ३० एम्पुल फेला पारे पछी  उनिहरूलार्इ पक्रउ गरेकाे हाे । पक्रउ पर्नेहरूमा सुनसरी धरान १५ बस्ने ३२ बर्षिय सनम तामाङ र सोही ठउँका ३२ बर्षिय अमित राई रहेका छन्। पक्राउ परेका दुबैजनलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

त्यसैगरी झापाको मेचीनगर नगरपालिका ६ भन्सार कार्यालयको गेटबाट बिहिबार लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिईएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले चेकजाँकचको क्रममा लागूऔषध डाईजेपाम ५ एम्पुल, लुपिजेसिक ५ एम्पुल र फेनारगन ५ एम्पुलसहित झापा कमल गाउँपालिका ५ बस्ने २० बर्षिय रोशन फुयाललाई नियन्त्रणमा लिईएको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ उक्त कार्यालयले जनाएको छ ।