रंगेली / सञ्चार निति तथा कानुन विषयमा नेपाल पत्रकार महासंघले मोरङका पत्रकारहरु सँग छलफल गरेको छ । मोरङ शाखाको कार्यालय विराटनगरमा भएको छलफलमा सरकारले ल्याउन लागेको कानुनले प्रेस स्वतन्त्रता माथि पार्न सक्ने प्रभावका विषयमा छलफल भएको थियो । छलफलमा सहभागिहरुले सामजीक संजाल र संचार जगत एकै हो भन्ने आम बुझाइ हुदा गोलमोटोल भएको भन्दै यसलाई प्रष्ट्याउन जरुरी भएको बताएका थिए ।
छलफलमा नेपाल पत्रकार महासँगका केन्द्रिय महासचिव रमेश विष्टले संचार क्षेत्रको सबै पक्षलाई हेनै र नियमन गर्ने खालको प्रधिकरणको परिकल्पना गरेर त्यसलाई आगाडी बढाइएको बताएका छन् । भदौ १ बाट लागु हुने फौजदारी कानुनले पत्रकारीता क्षेत्रलाई नै तहसनहस पार्ने अवस्था भएकोले त्यसकोलागी महासंघ लागी परेको उनले बताए । उनले प्रदेस र संघिय सरकारले संचार सँग सम्बन्धि निति तथा कानुन ल्याउन लागेकोले सबै पत्रकारहरुलाई सजग हुन पनि आग्रह गरे ।
महासंघका केन्द्रिय सदस्य उदव तिम्सीनाले अब पत्रकारहरु सजग भएर र सच्चिएर आगडी बढनु पर्ने बेला आएको बताए । उनले पत्रकारहरुको इन्ट्रष्ट बाजीनाले कतिपय अवस्थामा समस्या सृजना भएको बताए ।
कार्यक्रममा पुर्व केन्द्रिय सदस्य गणेश लम्साल,प्रदेश महासचिव विवेक गौतम,पुर्व मोरङ अध्यक्ष यज्ञ शर्मा,पत्रकार ललिता भट्टराइ,तेजेन्द्र भण्डारी लगायतले धारणा राखेका थिए ।