धरान । रामधुनी नगरपालिका–१ स्थित ओम शान्ति टोल विकास मार्गको निर्माणाधिन प्रवेशद्वारका लागि आर्थिक सहयोग जुटेको छ ।

टोल बस्ती विकास र विस्तारमा योगदान पु¥याएका जसनारायण राईको नाममा निर्मित प्रवेशद्वारको लागि राईका साइला छोरा नन्दराजले आर्थिक सहयोग गरे । टोलबासीले जसनारायणको नाममा प्रवेशद्वार निर्माण शुरु गरेस“गै नन्दराजले १ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेका हुन् । उनले प्रवेशद्वार निर्माण समितिका अध्यक्ष देवेन्द्र थापालाई नगद हस्तान्तरण गरे । अध्यक्ष थापाले टोलको विकासमा योगदान पु¥याएका राईको नाममा प्रवेशद्वार बनाउन लागिएको र छोराबाट सहयोग प्राप्त भएकोमा धन्यवाद दिए । करिव ११ लाख रूपैयाँको लागतमा प्रवेशद्वार निर्माण गर्न लागिएको छ । प्रवेशद्वारका लागि नगरपालिका, स्थानीय र दाताको सहयोगबाट निर्माण सम्पन्न गरिने छ ।

गत असार १५ गते शिलान्यास गरिएको प्रवेशद्वार केही समयमै सम्पन्न गर्ने तयारी रहेको निर्माण समितिले जनाएको छ । टोलबासीले दिवङ्गत राईको नाममा प्रवेशद्वार निर्माण गरेका कारण परिवार खुसी छ ।