धरान । नेकपा विप्लव समुहका नेता कार्यकर्ता भएकै कारण गत ०७४ साल चैैत्र २६ गते देखि पक्रेर अड्डासार र गर्दै जिल्ला प्रहरी कार्यालय ईलाममा पुर्याईएका नेकपा विप्लव समुहका केन्द्रिय सदस्य तथा सुनसरी १ का पुर्व सभासद किरण कुमार राई लगायत ४ जना लाई आज वेलुकी ४ बजे रीहाई गरी दिएको छ । वहाहरु अहिले मे १ ज १७०२ नम्बरको नीजी वोलेर जीप चडेर धरान तर्फ आउदै गर्नु भएको राई ले पत्रकारहरुलाई फोनबाट जानकारी गराउनु भएको छ । हामीलाई रीहा त गर्यो तर घर नपुगुन्जेल सम्म यसै भन्न नसकिने भएकोले तपाई पत्रकारहरुलाई जानकारी गराएको भनि बताए । राई सहित आज रीहा हुने हरुमा दिपसन लिम्बू, माधव गौतम, नवराज भट्टराइ रहेका छन । आफुहरुलाई सरकारले बिनाकारण पक्रेर दुख दिएको भनि गत हप्ता बन्दिहरुको तर्फबाट सर्वौच्च अदालतमा रीट निवेदन परेको थियो । सो रिट कै कारण सर्वोच्चले यहि अषाढ २६ गते विहान १० वजे सर्वोच्च अदालतमा हाजिर गराउनु भन्ने ईलाम प्रहरीलाई पत्र आए पछि निल्नु न ओकल्न् भएका बन्दिहरुलाई अन्तत ईलाम बाटै रिहा गरीदिएको प्रहरी सुत्रले बताएको छ । उनलार्इ चार महिना अधि धनकुटाकाे हिलेबाट पक्राउ गरी सार्बजनीक स्थानमा हाेहल्ला गरेकाे लगाउदै थुनामा राखिएकाे थियाे । उनिहरूलार्इ अड्डासार गर्दै उदयपुर, उदयपु्रबाट पथरी, पथरीबाट धरान, चन्द्रगढी हुदै इलाम पुर्याइएकाे थियाे ।