धनकुटा । गएको जेष्ठ २७ गते आईतवार देखी एकिकृत कारेबार शुरु गरेका धनकुटामा प्रधान कार्यालय रहेको काबेली विकास वैंक र तेह्रथुमको बसन्तपुरमा रहेको माउण्ट मकालु डेभलपमेन्ट वैंकको साधरणसभा सनिवार धनकुटामा सम्पन्न भएको छ ।

साधरणसभामा सहभागी शेयर सदस्यहरुले ६ जना संचालकहरुलाई निर्विरोध निर्वाचित गरेको छ । निर्विरोध निर्वाचित ६ जना संचालक समितिको पहिलो वोर्ड वैठकले गोपाल प्रसाद काफ्लेलाई कावेली विकास वैंकको संचालक समितिको अध्यक्षमा मनोनयन गरेको छ । बैंकको संचालकहरुमा जनार्दन घिमिरे, गणेश प्रसाद बराल, हेमराज सुवेदी,तिल विक्रम चेम्जोङ्ग र लिलवहादुर लिम्वु रोगु सर्वसम्वत निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित एवं मनोनयन भएका संचालक समितिका अध्यक्ष काफ्ले,घिमिरे र बराल कावेली विकास वैंकका संस्थापक शेयर धनी हुन भने सुवेदी, चेम्जोङ्ग र रोगु सर्वसाधरण शेयर धनीहरुबाट प्रतिनिधित्व गरेका हुन ।

सो अवसरमा आ.व.०७३/०७४ को कावेली विकास वैंकको १० औं साधरणसभा सम्पन्न भएको थियो भने मउण्ट मकालु डेभलपमेण्ट वैंकको सातौ वार्षिक साधरणसभा सम्पन्न भएको थियो । साधरणसभामा दुवै वैंकका शेयर धनी सदस्यहरु र संचालकहरुको सहभागिता रहेको थियो । सो अवसरमा कावेली विकास वैंकका अध्यक्ष गोपाल प्रसाद काफ्लेले वैंकको संचालक समितिको तर्फवाट आ.व.०७३/०७४ को समग्र कारोवार, वैंकले हासिल गरेको उपलव्धी र भावी योजनालाई समेटेर वित्तिय संस्था सम्वन्धि ऐन, राष्ट्र वैंकको निर्देशन, कम्पनी ऐन २०६३ को परिधि भित्र रहेर ३१ अषाढ २०७४ सम्मको नाफा/नोक्सान तथा नगद प्रवाहको विवरण सहितको प्रतिवेदन प्रश्तुत् गरेका थिए । त्यसैगरी माउण्ट मकालु डेभलपमेन्ट वैंकको संचालक समितिका अध्यक्ष हरिकृष्ण निरौलाले पनि वैंकको संचालक समितिको तर्फवाट वार्षिक प्रतिवेदन प्रश्तुत् गरेका थिए । सो अवसरमा निरौलाले वैंकको आ.व.०७३/०७४ को लेखा परिक्षण प्रतिवेदन, वित्तिय प्रगती विवरण र वैंकसंग सम्वन्धितु अनुसुचिहरु प्रतिवेदनको रुपमा प्रश्तुत् गरेका थिए । कावेली विकास वैंकका संचालक समितिका अध्यक्ष गाृपाल प्रसाद काफ्लेको अध्यक्षतमा सम्पन्न साधरणसभामा सभाको संचालन कावेली वैंकका कर्जा, जनशक्ति व्यावस्थापन विभाग प्रमुख मोहन प्रसाद ढुङ्गेलले गरेका थिए भने स्वागत मन्तव्य संचालक समितिका सदस्य जनार्दन घिमिरेले गरेका थिए ।