पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका वडा न. पाँच पिपलबोटेमा बहुक्षेत्रिय पोषण अन्तरर्गतको पानी सुद्धिकरण बिधी सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।

सुःखा क्षेत्र घोषित कुम्मायक गाउँपालिकामा दुषित खानेपानीले सुनौलो हजार दिनका महिलाहरुको स्वास्थ्यमा नकारात्मक असर पर्ने गरेको भन्दै गाउँपालिकाले पानी सुद्धिकरण बिधिको बिषयमा गोष्ठी, तालिम लगायतका जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।

बहुक्षेत्रिय कार्यक्रम मार्फत सुनौलो हजार दिनका आमाहरुलाई पोषणको सामाग्री बितरण गर्दै आएको गाउँपालिकाले महिलाहरुलाई फिल्टर, सोडिस र उमालेको पानी प्रयोग गर्न आग्रह गरेको छ । बर्खायामको समयमा पानी दुषित हुने भएकाले पानी सुद्धिकरण गरेर मात्रै खान महिलाहरुलाई जानकारी गराईएको थियो ।

गोष्ठीको सहजीकरण कुम्मायक गाउँपालिका स्वास्थ्थ सम्योजक लक्ष्मण ढकाल, शिक्षा अधिकृत ऐगेन्द्रबहादुर खड्काले गरेको गोष्ठीको आयोजना कुम्मायक गाउँपालिकाकाले गरेको थियो । सो गोष्ठीमा सुनौलो हजार दिनका ७५ जना महिलाहरुको सहभागीता रहेको थियो ।