विराटनगर । सुन तस्करी र उर्लाबारीका शनम शाक्य हत्या प्रकरणको मुद्दामा सरकारी वकिलको बहस सकिएको छ ।

दोस्रो चरणमा पक्राउ परेका ६ जना अभियुक्तलाई पुरक अभियोग लगाएर मुद्दा दर्ता गरेको अभियुक्तहरुको आइतबारदेखी मोरङ जिल्ला अदालतको जिल्ला न्याधीश नारयण प्रसाद शर्माको इजालमा थुनछेक बहस सुरु भएको थियो । सुरु भएको पहिलो दिनमै वादीको तर्फबाट सरकारी वकिलको बहस सकिएको हो ।

पहिलो दिन सरकारी वकिलहरुले बहस गर्दै प्रतिवादीहरु कसुरदार देखिएको भन्दै सबैलाई थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउनुपर्ने तर्क राखे । अभियुक्तहरु सुन तस्करी हत्या प्रकरणमा मतियार देखिएको हुनाले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने सरकारी वकिलले बताए । बादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला सहायक न्यायाधिवक्ताद्वय पदम वस्ती र रोहित पोखरेलले बहस गरेका थिए ।

सरकारी वकिलको बहस सकेपछि सोही दिन १२ जना कानुन व्यवसायीहरुले प्रतिवादीहरुको तर्फबाट बचाउपूर्ण बहस गरेका थिए । प्रतिवादी उर्लाबारी – ५ का ३८ वर्षिय रेवत भन्ने रेवन्त कुमार आचार्य, दमक – ९ का ३४ वर्षिय विनोद अधिकारी, फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षु बहादुर गुरुङ्ग, दोलखा चरिकोट १ का ४३ वर्षिय मोतीराम श्रेष्ठ, काठमाण्डौ ६ गौरीघाटका ४२ वर्षिय रामकुमरा तिवारीको बहस सकिएको छ भने काठमाडौ ९ का ३४ वर्षिय मदन सिलवालको बहस हुन बाँकी रहेको छ । सिलवालको बहस सोमबार हुने भएको छ ।

सरकारी वकिलहरुको सहस सकिए पनि प्रतिवादीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरुको बहस नसकिएकाले सोमबार पनि हुने श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । उनका अनुसार प्रतिवादीको तर्फबाट अब २ जनाले बहस गर्न वकलात नाम दर्ता गरेको बताए । बाँकी रहेको दुई जना कानुन व्यवसाहीहरुले बहस गरेपछि सरकारी वकिलले प्रतिउत्तर दिएपछि सम्भवत सोमबार आदेश आउने श्रेस्तेदार दुलाले जानकारी दिए ।

थुनछेक बहसबाट आउने आदेशले प्रतिवादीहरुलाई पुर्र्पक्षको लागि थुनामा पठाउने, धरौटिमा छोडने वा सादा तारिकमा छोडने छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर बुधबार ७ जनालाई पूरक अभियोग लगाएर अपराधिक समूह स्थापना संचलन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । मुद्दा दायर गरिएकामध्ये मुख्य आरोपी चुडामणि उप्रेती गोरे, प्रहरी अधिकारी सहित ३१ जना पूर्पक्षका लगि कारागारमा छन् । दुई जना अदालतको थुनछेक बहस पछि तारेखमा छुटेका थिए ।