पानवारी । नेकपाका नेता अइन्द्रविक्रम बेघाले आफ्नो जन्मदिन धरानमा रहेको पुनस्थापना गृहमा मनाएका छन् ।
बेघाले आफ्नो ३६ औं जन्मदिनको उपलक्ष्यमा धरान–१ स्थित अपांग पुनस्र्थापना गृहका बालबालिका सहित गृहमा रहेकाहरुसँगै बसेर खाना समेत खाएका छन् । बेघाले बालबालिकाहरुसँगै बसेर खाना खादै भने –‘अहिले वर्गको आधारमा खानापान समेत फरक फरक हुन्छ, कम्तिमा हामी सबै बराबर हौ भन्नका लागी पनि उहाँहरुसँगै (पुनस्थापना गृहमा बसेका) बसेर खाना खाएको हो ।’ आफ्नो जन्मदिनमा पहिलो केक काटिएको भन्दै उनले भने धरानको जनसंख्या १ लाख ४७ हजार रहेको छ, कम्तिमा एक हजारले मात्रै आफ्नो जन्मदिन यसरी नै मनाए पुनस्थापना गृहमा अझै धेरैलाई ल्याएर राख्न सकिन्छ ।’ उनको जन्मदिन मनाउन पुनस्र्थापना गृहमा नेकपाकी प्रदेश सांसद उमिता बराइली, नेकपाका नेता, अशोक राई, चोत्लुङ, उनकी पत्नि, हजुरबुवा लगायत सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।