विराटनगर । विदेशी नगरिकहरुले नेपालको विभिन्न स्थानमा आएर अपराध गर्ने गरेको पाइएको छ । विदेशीको हकमा अपराध गर्ने अधिकाशं भारतीय नागरिक छन् । खुल्ला सिमा र सहज रुपमा नेपाल प्रवेशले गर्दा भारतीय नागरिकबाट अपराधिक गतिविधि हुने गरेको हो । चालु आर्थिक वर्षको जेठ समान्तसम्मको जिल्ला अदालत मोरङको तथ्याङ्गक हेर्ने हो भने २ सय ६ जना विदेशी नागरिकले विभिन्न अपराध गरेको देखिन्छ । उनीहरुको हकमा फैसला समेत भएको छ । जसमध्धे ८ जना विदेशी नागरिकलाई मोरङ प्रहरीले पक्राउ गरी अदालतमा उपस्थीति गराएको छ भने अझै १ सय ९८ जना विदेशी नागरिक फारर सूचीमा रहेको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । अपराध गरी फरार भएका अभियुक्तले कर्तब्य ज्यान, सवारी ज्यान, लागूऔष र चोरी मुद्दाका रहेको अदालतको अभिलेखमा देखिन्छ । ‘खुल्ला सिमा र सहज रुपमा नेपाल प्रवेशले गर्दा भारतीय नगरिकबाट अपराधिक घटना भएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी निशान थापाले भने, ‘अपराध गरी भारतर्फ फारर हुन्छ । जसले गर्दा अपराध गरी भारतर्फ फारर हुँदा पक्राउ गर्न समस्या हुने गरेको छ ।’

विदेशी सहित ८ सय ९९ जना अदालतमा विभिन्न अपराध गरी लामो समयदेखी फरार भएका ८ जना विदेशी नागरिक सहित ८ सय ९९ जना जिल्ला अदालत मोरङमा उपस्थीति भएका छन् । चालु आर्थिक वर्षको जेष्ठ मसान्तसम्म १ सय ५४ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा उपस्थीति गराए भने ७ सय ४५ जना आफै मोरङ जिल्ला अदालतमा उपस्थीति भएका हुन् । अदालतले फैसला गरी कैद सजाए मात्र पाएका ९ सय ६१ जनामा १ सय १७ जना पक्राउ परी थुनामा गए भने ८ सय ४४ जना अझै फरार रहेको जिल्ला अदालत मोरङको अभिलेखमा देखिन्छ । त्यस्तै जरिवनामा मात्र लागेको ४ हजार २ सय २२ जनामा ४ सय ४८ जना अदालत उपस्थीति भइ जरिवना तिरेर छुटेका छन् भने अझै ३ हजार ७ सय ७४ जना फरार छन् । त्यसैगरी कैद र जरिवना दुवै लागेका २ हजार २ सय ३७ जनामा ३ सय २६ जना अदालतमा उपस्थीति भए भने १ हजार ९ सय ११ जना अझै फरार रहेको जिल्ला अदालत मोरङले जनाएको छ । फरार भएका अभियुक्तहरुबाट १७ करोड ४६ लाख ७८ हजार ६ सय १२ रुपैयाँ राजस्वन उठनुपर्नेमा पक्राउ परेकाहरुबाट १ करोड ९९ लाख ५२ हजार ३ सय १९ रुपैयाँ राजस्व संकलन भएको अदालतले जनाएको छ । अझै ६ हजार ५ सय २९ जना फरार अभियुक्तहरुबाट १५ करोड ४७ लाख २६ हजार २ सय ९३ रुपैयाँ उठन बाँकी रहेको तथ्याङमा देखिन्छ ।

फरार पक्राउ गर्न इप्रका रानी अगाडी अदालतले गरेको फैसलालाई प्रभावकारी कार्यन्वयन गराउने उद्देश्य अनुरुप मोरङ प्रहरीले धमाधम फरार अभियुक्तहरु पक्राउ गरी अदालत उपस्थीति गराउँदै आएको छ । चालु आर्थिक वर्ष २०७४÷०७५ को जेष्ठ मसान्तसम्म १ सय ५४ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको मोरङ प्रहरीका डियसपी निशान्त थापाले जानकारी दिए । सबैभन्दा बढी फरार अभियुक्त इलका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरी अदालतमा उपस्थीति गराउन सफल भएको छ । चालु आर्थिक वर्षमा इप्रका रानीले अन्य प्रहरी युनिटको भन्दा सबैभन्दा बढी ५४ जना फरार अभियुक्तहरुलाई पक्राउ गरी अदालत बुझाएको छ । पक्राउ परेकोबाट २ लाख ९६ हजार २ सय २० रुपैयाँ राजस्व समेत संकलन गरेको प्रहरीको अभिलेखमा देखिन्छ । फरार अभियुक्त पक्राउ गर्न इप्रका रानीले जिल्ला प्रहरी कार्यालय भन्दा अगाडी देखिन्छ । जिप्रका मोरङले ५१ जना मात्र फरार अभियुक्त पक्राउ गर्दा रानीले ५४ जना पक्राउ गरेको तथ्याङ्गकमा देखिन्छ । त्यस्तै इलका प्रहरी कार्यालय बेलबारीले १२, ईप्रका रंगेली ३, ईप्रका पथरीले ३, वडा प्रहरी कार्यालय (क) हाटखोलाले १, प्रहरी चौकी झोराहाटले २, प्रहरी चौकी मोतिपुरले ४, प्र.चौ बरगाछीले १ जना र सिआरबीले १ जना पक्राउ गरेको छ । मोरङ प्रहरीले फरार अभियुक्त पक्राउ गर्न जिल्लामा रहेको मातहेतको इलका कार्याललाई निर्देशन दिएको छ । प्रहरीले फरार अभियुक्त पक्राउ गर्न विशेष प्रहरीसमेत परिचालन गर्दै आएको छ ।