रंगेली/ मोरङ ५५ औ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । विराटनगरमा सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा सभाको आयोजना गरी घोषणा गरिएको हो ।
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चित गर्ने ५५ औ जिल्ला भएको छ भने प्रदेश १ को १२ औ जिल्लाको भएको छ । घोषणा सभाका प्रमुख अतिथि समाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिए पनि निरन्तरता दिनु झनै महत्वपुर्ण भएको औल्याए । उनले भने ‘पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेर मात्र हुदैन खोप सुनिश्चित गर्न खोप कार्यक्रमलाई चलाखीपुर्ण रुपमा निगरानी गर्न आवश्य छ ।’ मन्त्री घिमिरेले निरन्तरता दिन नसक्दा भविष्यमा महामारी रोग फैलिन सक्ने सम्भावना रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोख्रेलले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि तयार परिएको प्रतिवद्धता पत्र पढेर सुनाएका थिए । जिल्ला जनस्वास्थ्य कार्यलय मोरङका निमित्त प्रमुख रमानन्द यादवले जिल्लाका १५ महिना उमेर पुगेका बालबालिकालाई ११ प्रकारका खोप दिइसकेको अवस्थामा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको जानकारी दिए ।
२०७० सालमा मोरङको साविकको लखन्तरी गाविसलाई पहिलो पूर्णखोप गाविस घोषणा गरिएको थियो । साथै २०७५ मा सुन्दरहरैचालाई पूर्ण खोप सुनिश्चित नगरपालिकाको घोषणा मोरङ सुनिश्चित जिल्ला भएको हो । मोरङका १ महानगर ८ नगरपालिका र ८ गाउ“पालिका सहित १७ स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा भई सकेको छ ।
कार्यक्रममा मोरङ जिल्लामा ३ सय ३३ खोप केन्द्र मार्फत ११ सरुवा रोग विरुद्ध २० हजार ७५ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको जानकारी दिइयो ।