इटहरी/बराहक्षेत्र नगरपालिकामा लामो समय निश्कृय जस्तै रहदै आएको नेपाली काग्रेसले सक्रियता बढाउँने भएको छ । पार्टीलाई सशक्त बनाउँदै लौजाने निर्णय सहित नेपाली काग्रेस क्षेत्र नम्बर ६ का पूर्व सभापति बाबुराम विष्टको संयोजकमा बराहक्षेत्र नेपाली काग्रेस गठन भएको छ ।
साविकका प्रकाशपुर,मधुवन,महेन्द्रनगर ,भरौल ,चतरा गाविस मिलाए पछि मौन बस्दै आएको काग्रेसले सक्रियता देखाउँने निर्णय सहित नेपाली काग्रेसको १४ औ महाधिवेशन सम्मको लागी संयोजक बिष्टलाई बनाएको हो । लामो समय देखि यस क्षेत्रमा विवाद समेत भएको थियो । शनिबार बसेको पार्टीको अगुवा कार्यकर्ता भेलाले आन्तरीक विवाद सक्दै काग्रेसलाई सशक्त बनाउँदै लौजाने निर्णय गरेको तत्कालीन क्षेत्र नम्बर ६ का सभापति उपेन्द्र कटुवालले बताए । कटुवालले भने काग्रेसलाई बराहक्षेत्रमा सशक्त बनाईने छ । काग्रेसलाई सक्रियाको साथ अगाडी बढाउँनु पर्ने नेपाल तरुण दल क्षेत्रनम्बर ६ का क्षेत्रीय सभापति रोहित सुब्बाले बताए । नेपाली काग्रेस भासी नगरसभापति युवा नेता सुदिप अधिकारीले युवाहरुलाई सकरात्मक बनाउँन सक्नु पर्ने बताए । उनले भने नेपाली काग्रेस अहिले सुध्रदै गएको छ यो खुसीको कुरा हो । नेपाली काग्रेसका जिल्ला सचिव केदार भण्डारीले पार्टीलाई शशस्त्त बनाउँन अहिले सबै जिल्ला तथा क्षेत्रमा लागी परेको बताए ।
नेपाली काग्रेस जिल्ला सभापति राजिब कोईरालाले अहिले काग्रेसीहरु आफ्नो संगठन बनाउँन लाग्नुको विकल्प नरहेको बताए । काग्रेस अहिले संगठन सुधारमा लागेको छ,उनले भने। सुनसरीमा नेपाली काग्रेसको सक्रियता अझै बढाउँदै लौजाने उनको भनाई थियो । भेलाले बिष्टको संयोजकमा नारायण नेपाल,आजाद अन्सारी,नवराज बस्नेत,रत्नबहादुर राउतलाई सहसंयोजक बनाईएको छ । त्यस्तै प्रवक्तामा जगतबहादुर कार्की,सचिबमा ओम कोईराला र कोषाध्यक्षमा पुजा धामीलाई चयन गरेको छ । उक्त समितिले नगरभरका समिति बनाउँने तथा सम्पूर्ण अधिकार उक्त समितिलाई दिएको कटुवालले बताए । यस अघि बराहक्षेत्र काग्रेसमा विवाद थियो ।