बिर्तामोड । प्रहरीले पक्राउ गर्दै हिरासत सरुवा गर्न थालेपछि नेत्र बिक्रम चन्द ‘बिप्लप’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । प्रहरीले अनुसंधान गर्ने नाममा लामो समयसम्म हिरासतमा राख्न थालेपछि बिप्लपका कार्यकर्ताहरु पार्टी परित्याग गर्न थालेका हुन् । पछिल्लो समयमा प्रहरीले चैत्र १५ गते इलामबाट फक्राउ गरेका इलामका जिल्ला सदस्य बिशाल राई र बिमल राईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीहरुले उच्च अदालत बिराटनगरको आदेशबाट रिहा भएपछि प्रहरीलाई झुक्याएर उम्किन सफल भएको बताएका छन् । ‘अदालतले हामीलाई रिहा गर्न आदेश दियो, सादा पोषाकका प्रहरी पनि पछि पछि लागेका थिए, हामी उनीहरुलाई झुक्याएर फरार हुन सफल भयौं, जिल्ला सदस्य राईले भने–‘अब राजनीति छोडेर, खेतिपाती गरेर बस्छौं ।’ उनले अब चिया खेतीमा सक्रिय भएर लाग्नेृ बताए । इलाममा रहेको एनसेलको टावरमा आगजनी गरेको अरोपमा प्रहरीले राइद्धयलाई इलाम सदरमुकामबाट चैत्र २५ गते पक्राउ गरेको थियो । उच्च अदालत इलामको आदेशले जनही ७५ हजार रुपैंयाँ धरौटी बुझाएर उनीहरु त्यसको २६ दिनपछि रिहा गरिए । रिहा लगत्तै प्रहरीले उनीहरुलाई फेरी पक्राउ ग¥यो । र राती १ बजे पाँचथर पु¥याइयो । त्यसपछि जिल्ला प्रहरी पाँचथरको हिरासतमा राख्यो । पाँचथरमा २५ दिन राखेर केही सार्वजनिक अपराधमा मुद्दा चलाउँदै ५ सय धरौटी माग गरियो । प्रहरीले फेरी पक्रिने बुझेका उनीहरुले धरौटी रकम बुझाउन अस्विकार गरे । प्रहरी आफैले धरौटी रकम तिरेर उनीहरुलाई त्यहाँबाट रिहा गरिएको बताएको छ । रिहा लगत्तै पक्राउ गरेर ताप्लेजुङ लगिएको उनीहरुलाई अनुसंधान गर्ने भन्दै त्यहाँ २५ दिन राखियो । त्यसपछि पााचथरको जसरी रिहा गरिएको उनीहरुले जनही १ हजार धरौटी बुझाए । प्रहरीले प्रशासन कार्यालयकोे १ सय मिटर परबाट फेरी नियन्त्रणमा लिएर राईद्धयलाई झापाको धुलाबारी ल्याएको थियो । धुलाबारी प्रहरीले २५ दिन सम्म हिरासतमा राखेर ‘अनुसन्धान’ गरेको पक्राउ परेका बिमल राइले बताए । उनले झापामा पनि केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाएर जनही १ हजार धरौटी माग गरिएको जानकारी दिए । धरौटी बुझाएर प्रशासन परिसरबाट निस्किएका उनीहरुलाई प्रहरीले स्वास्थ्य परिक्षण गर्ने बहानामा बिर्तामोड ल्यायो । बिर्तामोडबाट मोरङको पथरी पु¥याइएका उनीहरुको स्थिती सार्वजनिक गर्न माग गर्दै आफन्तले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेपछि मोरङ प्रशासनले १४ दिन पछि रिहा ग¥यो । रिहा भए लगत्तै उनीहरु वकिलको साथमा उनको ल फर्ममा गए । राइद्धय ल फर्ममा भएको थाह भएपछि प्रहरी थप बलका लागि कार्यालय फर्कियो । प्रहरी नभएको मौका पारेर उनीहरु सिटी रिक्सा चढेर त्यहाँबाट फरार भए । त्यसपछि धरान जाने बसमा चढेर इटहरीको उत्तरपटि गएपछि पुर्व आउने बसमा झापा आएको राईले बताए । प्रहरीले अहिले पनि निगरानी गरिरहेको बताउँदै राजनीतिक दल छोडेर स्वतन्त्र हुने अधिकारको ग्यारेन्टी गर्न उनीहरुले प्रशासन, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगायतसँग माग गरेका छन् । राईद्धयले आगामी दिनमा स्वतन्त्रपुर्वक कृषि उद्यम र ब्यवसाय गरेर जिवनयापन गर्ने घोषणा गरेका छन् । उनीहरुले १ सय १६ दिनको हिरासतमा आर्थिक क्षति र मानसिक यातना पाएको बताउँदै आगामी दिनमा सम्मानपुर्वक बाँच्न पाउँने आशा गरेको बताएका छन् ।