धरान यतिबेला शोकमा डुबेको छ । धरान उपमहानगरपालिका भित्र बसोबास गर्ने सुकुम्बासीहरु शोक र चिन्तामा परेका छन् । लामो समयको नेतृत्वविहीन स्थानीय निकायले बल्लतल्ल पाएको एक कुशल जुझारु विकासप्रेमी नगर प्रमुख गुमाउँदा सबैलाई असह्य पीडा भएको छ । अझ नगर प्रमुख स्व. तारा सुब्बा सुकुम्बासीप्रति निकै नै संवेदनशील हुनुहुन्थ्यो । सुकुम्बासी व्यवस्थापन प्रतिको उहाँको कदम सदा स्मरणीय र ऐतिहासिक छ । आफू निर्वाचित भएपछि पदभार ग्रहणको पहिलो निर्णय नै सुकुम्बासीलाई घर नम्बर दिएर करको दायरामा ल्याउने र सुकुम्बासी व्यवस्थापन गर्ने निर्णय गर्ने सुब्बा नेपालकै पहिलो नगर प्रमुख हुन् । आजसम्म स्वर्गीय सुब्बा जत्तिको हिम्मत गरेर निर्णय गर्ने देशभरमा कुनैपनि प्रमुख भेटिएका छैनन् । जसका कारण पनि उहाँ अनन्तकालसम्म सुकुम्बासी माझमा अमर रहनेछन् । २०६६ सालको खानेपानी सुकुम्बासी समुदायमा पु¥याउने कार्यमा पनि उहाँले महत्पूर्ण भूमिका खेल्नुभएको थियो । २०६९ सालको लगत सङ्कलन कार्यमा पनि स्व. सुब्बाको महत्वपूर्ण भूमिका थियो । यतिमात्र होइन सुकुम्बासी समुदायमा आइपर्ने हरेक सङ्कट बाढी पहिरो दैवि प्रकोपजस्ता क्षति समुदायमा हुँदा स्व सुब्बाले क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायमा पहल गरी अग्रणी भूमिका निर्वाह गर्नु भएको थियो । अझ सुकुम्बासी क्षेत्र विकासमा उहाँको योगदान अतुलनीय थियो सुकुम्बासीका घरमा बिजुली बाल्दा होस् या धारा जडान गर्दा होस् या बाटो घाटो निर्माण गर्दा होस् सबैमा सुब्बाले अग्रणी भूमिका खेल्नुभएको थियो । जुन कुराबाट स्वर्गीय सुब्बा सुकुम्बासीको नजरमा सदा जीवन्त रहनुहुनेछ । नेपालका कुनै पनि नगरपालिकाले नथालेकोे काम सुकुम्बासीलाई घर नमबर दिने र करको दायरामा ल्याउने निर्णयलाई कार्यान्वयन नै गर्न सुरु गरिसकेका उहाँको आँट र हिम्मतलाई सदैव सलाम गरिरहने छन् सुकुम्बासीले । उहाँकै नेतृत्वमा सबै सुकुम्बासीलाई आधिकारिक व्यवस्थापन गरेर धरानलाई सुकुम्बासी मूक्त शहर बनाउने विशेष योजना अघि सारिएको थियो । जसका लागि गुरुयोजना बन्ने तयारीमा थियो । अब स्व. प्रमुख सुब्बाका सपना योजना कार्यक्रमलाई सबैले मिलेर सफल पारे उहाँले मूक्ति पाउनुहुनेछ । ५ वर्ष कार्यकालमा एकै वर्ष नपुगी उहाँ हामीबाट विदा हुनुभयो । उहाँको सपना पूरा गर्ने जिम्मा नगरपालिका पार्टी एवम् आम धरानबासीको हुनेछ । सालिन भद्र कुशल निःस्वार्थ जनताको काम गर्ने स्व. सुब्बाको विचार अनुशरण गरेर काम गरे धरान साँच्चिकै स्मार्ट सिटी बन्ने छ । छोटो समयमा निकै नै लोकप्रिय काम गरेका सुब्बाको एक वर्षे कार्यकालले अब आउने प्रमुख एवम् देशका अन्य स्थानीय निकाय प्रमुखहरुलाई उदाहरण दिएको छ । स्व सुब्बाको कार्यकालमा विकासको छलाङ मार्न लम्किरहेको धरानलाई किनारा नलगाई उहाँले छोडेर जानुप¥यो । तसर्थ यो छलाङलाई नरोकी अबका दिनमा विकासको छलाङलाई किनारा लगाए स्व. सुब्बाको आत्माले शान्ति पाउने थियो । ‘मरेर पनि सधै जनताका मनमा बस्न सफल’ हुने स्व. नगर प्रमुख सुब्बालाई हार्दिक श्रद्धाञ्जली सम्पूर्ण सुकुम्बासीहरुको तर्फबाट । (कार्की नेपाल बसोबास वस्ती संरक्षण समाज केन्द्रीय समितिका महासचिव हुन् ।)