पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडि सेवा सूरु भएको छ । प्रतिष्ठानको जुनियर रेसिडेन्सियल वेलफेयर सोसाइटीसँग आवद्ध आवासिय चिकित्सकको आन्दोलनको कारण बिहीबारदेखी आकस्मिक बाहेकका सेवा ठप्प भएपनि सोमबारदेखि सुचारु भएका ेछ ।
आवासिय चिकित्सवहरुले आन्दोलनको स्वरुप परिवर्तन गरी अहिले सामुहिक सत्याग्रहमा उत्रिएका छन् । प्रतिष्ठानका आवासिय चिकित्सकहरुले अझै पनि आकस्मिक बाहेकका सेवामा काम गरेका छैनन् । प्रतिष्ठानका कन्सल्टेन्ट चिकित्सकले सेवा सुचारु गरेपछि भने विपिमा आन्दोलनको कारण बन्द भएका सबै सेवाहरु सुचारु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । आवासिय चिकित्सकको आन्दोलनको कारण प्रतिष्ठानका सम्पूर्ण सेवामा भने असर पुगेको छ । सोसाइटीका अध्यक्ष डा. जीवनाथ धमलाका अनुसार डा. केसीको माग पुरा नहुन्जेलसम्म कुनै न कुनै तरिकाको आन्दोलन चलि नै रहनेछ ।