जिरोपोइन्ट (ब्लाष्ट) विगत ८ वर्षदेखि धरान ९ स्थित कभर्डहलमा स्वयंमसेवक प्रशिक्षकको रुपमा उसु प्रशिक्षण गराउँदै आइरहेका बिकी राई विगत ६ महिनादेखि मृगौला रोगबाट पीडित छन् ।
उनको उपचारमा सहयोग स्वरूप सोमबार धरान ८ मा रहेको शिद्धार्थ पुस्तकालयले आर्थिक सहयोग गरेको छ । पुस्तकालयको २१ सदस्यहरू र पुस्तकालयको ६ हजार गरी पीडित प्रशिक्षक राईलाई उनको निवासमै गएर ५१ हजार २० रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
पुस्तकालयका सदस्य समेत रहेका प्रशिक्षक राईलाई पुस्तकालयका अध्यक्ष विसन्शोर राई, उपाध्यक्ष कृष्ण राईलगायत अन्य सदस्यहरूले सहयोग हस्तान्तरण गरेका थिए । राईले काठमाडौं र विराटनगरमा हप्ताको २ पटक गरी अहिलेसम्म ४८ पटक डायलसिस गराइसकेका छन् । राई धरान १५ मा १३ वर्षीय छोरी र श्रीमतीको साथमा बस्दै आएका छन् ।
डाक्टरका अनुसार मृगौला प्रत्योरोपण अन्तिम विकल्प रहेकोले राई मृगौला प्रत्यारोपणका लागि दक्षिण भारतको कोयमतुर, तमिलनाडु जाने तय भएसकेको छ । उनलाई आफ्नै भाइले मृगौला दिने भएपछि प्रत्यारोपणका लागि भारत जान लागेका हुन् । प्रत्यारोपणको लागि करिव २० देखि २५ लाख रुपैयाँ लाग्ने बताइएको छ ।