पथरी । कानेपाेखरी गाउँपालिकामा साइकल चलाउनेबाट सय र माेटरसाइलक चलाउनबाट २ सय मासिक कर उठाउने निर्णय भएकाे छ ।

स्थानीय तहको नीति तथा कार्यक्रमबाट पारित करको दर रेट बारेमा अपुरो र अधुरो सुचना सम्पेषण भएपछि स्थानीय अन्योलमा परेका छन् । कानेपोखरी गाउँपालिकामा सर्वसाधरण तथा व्यापारीहरुले विशेष गरी साइकल, मोटरसाइकलको करको रेट फरक फरक तरिकाले उत्तर पाएपछि अन्योलमा परेको हो । स्थानीय अग्रज तथा दलको कार्यकर्ताले फरक फरक उत्तर दिए पछि यस विषयमा समस्या आएको हो । पालिकाको नीति तथा कार्यक्रममा फोहोर मैला व्यावस्थापन शिर्षकमा करको दर छुट्याएको छ । सेवा र मनोरञ्जन विवरणमा गाउँपालिकाले हप्तामा दुई पटक तथा महिनाको जम्मा ८पटक फोहोर उठाए बापत साइकल मर्मत पसललाई मासिक रु १ सय रुपैया र मोटरसाइकल मर्मत पसलेलाई दुईसय निर्धारण गरेको छ । यस विषयमा प्रतिपक्ष दलले बुझेर पनि सर्वसाधरणलाई उल्टो बुझाउने गरेको र नकरात्मक तरिकाले मिडिया बाजी गरेको गाउँपालिकाको प्रवक्ता सुशिल बुढाथोकीले बताए । साइकल मर्मत र मोटरसाइकल मर्मत पसलेलाई होइन जस्ले साइकल र मोटरसाइकल कुदाउँछ त्यसलाई मासिक १ सय र २ हो भन्दै कु प्रचार गरेर पत्रिकामा समेत निकाल्नु लगाएको बुढाथोकीको दुखेसो पोखे । सबै नीति तथा कार्यक्रमहरु गाउँपालिकाको वेबसाइटमा राखिएकोले हेरेर राम्रो अध्ययन गरेर मात्र प्रचार गरिदिन आग्रह समेत गरे । यस बर्ष देखि गाउँपालिकाबाट कानेपोखरीको बजार क्षेत्रमा हप्तामा दुइपटक फोहोर संकलन गर्न ट्याक्टर जाने गरेको छ । त्यसैगरी नीति तथा कार्यक्रममा कलरल्याबलाई १५०,सैलुन र व्युटि पार्लरलाई १ सय,सिनेमाहललाई १ हजार,पेन्टर पसललाई १सय,फोटो स्टुडियो १सय, फोटोकपी÷संचार सेवाहरुलाई १सय,वकंशवहरुलाई ५सय,कार तथा कुला भेहिकलहरुको वर्कसपलाई ५सय र इलेक्ट्रोनिक पसललाई २ सय रुपैया निर्धारण गरेको छ । पसलेहरुले तोकिएको रकम तीरेबापत गाउँपालिकाले हप्तको दुईपटक फोहोर मैला संकलन गरिदिने उल्लेख छ ।