मोरङ । मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित दही खोलाबाट प्रहरी सोमवार जंगली हरिणको मासुसहित २ जनालाई पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले को १ ज २४८५ नम्बरको म्याजिक भ्यानमा जंगली हरिणको शिकार गरी टुक्रा पारेर राखेको अबस्थामा २५ किलो जंगली हरिणको मासु फेला पारी बरामद गरेको हो ।
हरिणको मासुसहित म्याजिकका चालक सुन्दर-हरैचा नगरपालिका-२ घर भई ईटहरी उप-महानगरपालिका ४ बस्ने २१ बर्षिय अजय चौधरी र मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने ३६ बर्षिय मोहन प्रसाद सुबेदीलाई पक्राउ गरेको हो अस्थायी प्रहरी चौकी कानेपोखरीले जनाएको छ ।
बरामद गाडी, मासु र दुबैजनालाई आवश्यक कारवाहीकालागी ईलाका बन कार्यालय कानेपोखरीमा बुझाईएको उक्त कार्यालयले जनाएको छ ।