पर्सा । सिमरा उप–महानगरपालिका–७ का  ललनप्रसाद साहका जेठ २२ गते अपहरणमा परेका  अपहरण भएकाे छाेरा  अंकितकुमारकाे  अपहरणपछि हत्या भएको बारा प्रहरीले जनाएकाे छ । वीरगञ्ज रानीघाट बस्ने रामप्रवेश साह पक्रउ परेपछि उनकै बयानका आधारमा शव गण्डक नदीबाट फेला पारिएको थियो । पक्राउ परेका अजय र रामप्रवेशमाथि बारा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी स्रोतले जनाएको छ । बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार  अपहरणमा परेका अंकितको शव  जगरनाथपुर गाउँस्थित गण्डक नहरमा बोरामा राखिएको अवस्थामा फेला परेको  हाे। शव सडेगलेको र पूर्णरुपमा निकाल्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षणका लागि शव गाडिएको स्थानबाट हाड र दाँत मात्र निकालिएको राठौरले बताएकाछन् ।

अपहरणकारीले बालकका परिवारजनसँग  १५ लाख भारतीय रुपैयाँ फिरौतीवापत बुझेको थियो । अपहृत बालकको आकार र बनोटका आधारमा शव पहिचान गरिए पनि डीएनए परीक्षण प्रतिवेदनपछि मात्र पूर्ण रुपमा शव यकिन गर्न सकिने प्रहरीको भनाइ छ ।