यासोक । पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकामा संचालित तमोरलिफ्ट खानेपानी आयोजनाको काममा उपभोत्ता समिति नै बाधक बनेको छ ।

खानेपानीको हाहाकारको कारण हजारौ स्थानीयहरु मारमा परिरहेका बेला यस्तो समस्या देखा परेको हो । तमोर लिफ्ट खानेपानी आयोजना उपभोत्ता तर्दथ समिति यस अगाडी नै गठन भईसकेको छ । तर उक्त समिति निष्कृय हुदा निर्माण कम्पनीलाई समस्या हुदै आएको छ ।

राजनीतिक खिचातानीका कारण हालसम्म पनि उपभोत्ता समिति गठन गर्न नसकीएको वडा न. १ का वडा अध्यक्ष मोतीलाल तमाङले बताए । लामो समयदेखि समिति गठन गर्नको लागि सबै राजनीतिक दल र स्थानीय सरोकारवलाहरुको भेला बसेपनि कुनै निणय हुन नसकेको उनले बताए । बिभिन्न राजनीतिकदलहरुले समितिमा आ–आफ्नो पाटीको प्रतिनिधित्व हुनु पर्ने भन्दै अडान राखेका कारण यस्तो समस्या देखा परेको हो ।

यस अगाडीनै गठन गरिएको तदर्थ समिति निष्कृय बनेपछि अहिले आयोजनाको काम प्रभावित हुदै आएको छ । आयोजनाको काम सुरु गरेको निर्माण कम्पनीले एक बर्षको समयमा पनि १० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । उपभोत्ता समिति गठनको भागबन्डा नमिलेका कारण आयोजनाको काम सुस्त भएको स्थानीयको आरोप छ ।

आयोजनाको काम गर्दै आएको निर्माण कम्पनीले उपभोत्ता समिति नहुदा समस्या हुदै आएको बताएको छ । आयोजनाको काम गर्दा स्थानीयसंग सहकार्य गरेर काम गर्ने बातावरण नहुदा काम गर्न चुनौति देखा परेको बताउँदै आएको छ ।

कुल ७० करोडको लागतमा निर्माण कार्य सुरु भएको आयोजनाको काम कन्काई प्रेरा जेभीले गर्दै आएको छ । कन्काईले ४५ करोडमा ठेक्का सम्झौता गरि काम गर्दै आएको छ । २ हजार ८ सय घरधुरीले आयोजनाको १ प्रतिशत रकम कुल ७० लाख जम्मा गरेका छन ।

यता गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले आयोजनाको काम सुस्त हुनुमा निर्माण कम्पनीलाई ढुवानीका लागि सडको समस्या कारणले गर्दा पनि समस्या भएको बताए । समिति गठन समयमै हुनु पथ्यो । जस्ले गर्दा पनि मध्यस्तताको काम समितिले गर्न नसकेकाले ढिलो भएको भन्दै उनले अव चाडै नै समिति गठन गरेर आयोजनालाई तिब्र गतिमा अघिबढाउँन पहल गर्ने थापाले दावि गरे ।

निर्माण कम्पनीले अयोजनाको काम १८ महिनामा सम्पन्न गर्नुपर्ने हुन्छ । तर आयोजनाको १२ महिनामा १० प्रतिशत मात्रै काम सम्पन्न गर्नु, समयमै समिति गठन नहुनु, ढुवानी समस्या देखा पर्नु जस्तका कारणले तोकीएको समयअवधिमा काम पुरा गर्न निर्माण कम्पनीलाई चुनौति छ ।