यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा तीन महिने ढाका र खाँडी बुनाई तालिम सम्पन्न भएको छ ।
बेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउँने उदेश्य अनुरुप गाउँपालिकाले तालिमको आयोजना गरेको थियो । महिला लक्षित कार्यक्रम अन्तरगर्त २ लाख ८० हजार, र आदिवासी जनजातीको २ लाख ८० हजारको आर्थिक सहयोगमा दुबै तालिम सम्पन्न भएका हुन ।
कुम्मायक गाउँपालिकाका २५ जना महिलाहरुको सहभागी रहेको तालिको सहभागीहरुलाई ढाका कपडा बन्न प्रयोग हुने औजार, प्रमाण पत्र त्यस्तै खाँडी बुन्न प्रयोग हुने औजार र प्रमाण प्रत्र समेत प्रदान गरिएको थियो ।
गाउँपालिकामा रहेका बिपन्न, बेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाउँने उदेश्यका साथ तालिकाको आयोजना गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।
आर्थिक बर्ष २०७५/७६ को लागि गाउँपालिकाले आय–आर्जनमुलक कार्यक्रहरुका लागि पनि बजेट बिन्योजन गरेको भन्दै क्रमश बेरोजगारी समस्यालाई समाधान गर्दै जानेमा उनले जोड दिए । कार्यक्रमा कुम्मायक गाउँपालिका उपाध्यक्ष सिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद भटराई, वडा न. २ का वडा अध्यक्ष बालकृष्ण शेर्मा, वडा न. ३ का वडा अध्यक्ष, रामप्रसाद गजुरेल र वडा न. ४ का वडा अध्यक्ष पुर्णकुमार खड्का लगायतले सहभागीहरुलाई तालिममा सिकेका शिप र क्षमतालाई आयाआर्जनको बाटोमा प्रयोग गर्न सुझाब दिएका थिए ।
तालिमको आयोजना शृर्जनशिल ढाका कपडा उधोग यासोकले संचालन गरेको थियो । ढाका बुनाई तालिमको सहजिकरण सरला नेम्बाङ, र खाँडी बुनाई तालिमको सहजिकरण योगिता सम्बाहाम्फेले गरेकी थिईन्