रंगेली । प्रदेश १ का स्वतन्त्र युवाहरुले मेडीकल शिक्षाको सुधारको माग राखेर विगत २४ दिन देखि अनसनरत डाक्टर गोविन्द कोसिको जिवन रक्षाको माग गर्दै मुख्यमन्त्रि शेरधन राइलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेश १ का जिल्लाहरुबाट प्रतिनित्वको रुपमा भेला भएका युवाहरुले ज्ञापन पत्र बुझाएका थिए । उनीहरुले मुख्य मन्त्रिको कार्यालय अगाडी केहि समय धर्ना समेत दिएका थिए ।

मेडीकल माफिया मुर्दाबाद,डाक्टर केसिलाई कष्ट भ्रष्टचारीलाई अनिष्ट, नागरिक स्वतन्त्रता बहाली गर, हाम्रा लागी उनले बोले उनकालागी हामी बोलौ भन्ने नारा लेखेको प्लेकाड सहित युवाहरुले धर्ना दिएका थिए ।

हामी स्वतस्फ्रुत रुपमा भेला भएको धर्नाको अगुवाइ गरिरहेका सन्तोष घिमीरेले जानकारी दिए । राष्ट्रिय परिचय पत्र नम्बर प्रणली तुरुन्त लागु गरेर सम्पूर्ण देश बासीको तथ्याङक अद्यावधिक गर्ने,व्यक्तित्व विकास प्रतिष्ठान स्थापना गरेर हरेक क्षेत्र र वर्गलाई समान शिक्षा ,स्वस्थ्य र अवसर पहुचको सुनिस्चितता गर्ने लगायतका ११ बुदे उनीहरुका माग रहेका छ ।