ताप्लेजुङ । जैविक विविधता संरक्षणमा स्थानिय तहको भुमिका बिषयक गोष्ठि तथा तालिम ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुरु भएको छ ।
फुङलिङ स्थित एक होटलमा आजवाट गाष्ठि तथा तालिमको उद्घाटन गरिएको हो । गोष्ठि तथा तालिममा रेडपाण्डाको बासस्थान रहेको जिल्लाको फुङलिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका र सिदिङ्वा गाउँपालिकाका जनप्रतिनिधिलाई सहभागी गराइएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्च ताप्लेजुङले कार्यक्रमको आयोजना गरेको हो ।
उद्घाटन कार्यक्रममा बाेल्दै जिल्ला वन अधिकृत बिष्णुलाल घिमिरेले विकास निमार्णका क्रममा जैविक विविधताको संरक्षणमा सबैले ध्यान दिनुपर्ने वताउनु भयो ।
यसैबिच जिल्ला समन्वय अधिकारी नरहरी भण्डारीले केन्द्र तथा प्रदेश सरकारवाट आउने निति तथा कार्यक्रम भन्दा पनि स्थानिय सरकारले स्थानिय स्तरमा सुहाँउँदो जैविक विविधता संरक्षण सम्बन्धि निती ल्याएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
यता फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई ताराले अब स्थानिय तहले जैविक विविधताको संरक्षणमा जोड दिँदै यस्लाई पर्यापर्यटनको माध्यमवाट आर्धिक उपार्जनको क्षेत्रमा कार्य गर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङले स्थानिय स्तरका सवै नागरिकमा जैविक विविधता तथा प्राकृतिक श्रोत हरुको संरक्षणमा जनचेतनाको कमि भएको औँल्याउनु भयो । त्यसैले अवका दिनमा आफ्नो गाउँपालिकामा संरक्षणको काम सँगै जनचेतनाको काम समेत गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गोष्ठि तथा तालिममा संरक्षण सम्बन्धि निति तथा कानुनमा समावेश भएका कुराहरुको जानकारी तथा अब स्थानिय तहले संरक्षणका क्षेत्रका कस्ता खालका निति तथा कार्यक्रम वनाउन सकिन्छ भन्ने बिषयमा छलफल गरिने बताईएको छ । तालिमको सहजीकरण समृद्धि नेपालका कार्यकारी निर्देशक कमल भण्डारी र रेडपाण्डा नेटवर्ककका संरक्षण अधिकृत पेमा शेर्पाले गरेका थिए ।