धनकुटा । धनकुटाको पर्यटकिय स्थल साँगुरीगढी गाउँपालिका वडा नं.६ सिम्सुवामा रहेको नमस्ते झरनामा पर्यटक आवतजावत बन्द भएसंगै त्याहा संचालनमा रहेका २ दर्जन होटल व्याववसायीहरु मारमा परेका छन् । गएको असार १ गते इटहरी उपमहानगरपालिका वडा नं.९ घर भएका विक्रम तामाङ परिवारसंग झरना घुम्न आउँदा अचानक ढुङ्गा झरेर घाईते भएका थिए । घाईते तामाङको उपचारको क्रममा विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको थियो । झरना घुम्न आएका तामाङको झरना घुम्ने क्रममा झरनामा माथिवाट ढुङ्गा भरेर लागेपछि उपचारको क्रममा मृत्यु भएको थियो । असार १ गते ढुङ्गा झरेर घुम्न आएका आन्तरिक पर्यटकको घाइते भई उपचारको क्रममा मृत्यु भएपछि झरना व्यवास्थापन समितिले नमस्ते झरनामा अनिश्चितकालको लागी आवागमन बन्द गरेको थियो । झरना आवागमन बन्द भएको १ महिनाभन्दा वढी भएसंगै झरना नजिकै होटल व्यावसाय संचालन गरिहेका होटल व्यावसायीको दिनचर्या भने उराठ लाग्दो भएको वताएका छन् । एक महिना देखी होटल बन्द हुँदा होटल व्यावसायी मारमा परेको पर्वल होटलका प्रोपाईटर गोपाल विष्टले ब्लाष्टलाई वताएका छन् । उनले नमस्ते झरनाको नजिकै सिम्सुवा गोलाईमा होटल गर्ने व्यावसायीहरु सवै महँगो घरभाडा तिरेर होटल व्यावसाय गर्नु परेकाले वढी मारका परेको विष्टले वताएका छन् । उनले महिनामा एउटा पसलको १३ हजार भाडा तिर्ने गरेको वताएका छन् । त्यसैगरी सोही स्थानमा ७ वर्षदेखी प्रशन्न होटल संचालन गर्दै लक्ष्मी माया तामाङले हरेक महिना २१ हजार घर भाडा वुझाउनु परेको वताईन । दैनिक रुपमा १५ हजार देखी २० हजारसम्म विक्रि हुने आफ्नो होटलमा असार १ गते देखीयता १ रुपयाँको पनि विक्रि नभएको तामाङले वताईन । हरेक दिन ५ सय देखी १० हजारको हाराहारीमा आन्तरिक तथा वाह्यपर्यटक आउने नमस्ते झरना यतिखेर सुनसानहुँदा २ दर्जन होटल व्यावसायीको गरिखाने मेसो हराएको तामाङ वताउँछिन् । उनी जस्तै होटल संचालन गर्दै आएका आयूष होटलका संचालक देवराज राईले पनि झरनामा पर्यटकको आवागमन ठप्प हुँदा होटल व्यावसायीको दानापानी बन्दहुने अवस्था सृजनाभएको वताए । उनले आफुले होटल व्यावसाय गरेदेखी यस्तो खालको विपत्ती आइ नलागेको अनुभव सुनाउँदै ब्लाष्टलाई भने “अझै अरु एक महिना यसरी नै झरना वन्दहुने हो भने यहाँहोटल संचालन गरेर वस्ने २ दर्जन व्यावसायीको उठीवास लाग्छ ।” उनले आफुले हरेक महिना ९ हजार घरभाडा तिरेर व्यावसाय गर्दै आएको वताए ।

निर्माण कार्य धमाधम यता नमस्ते झरना व्यावस्थापन समितिले भने असार १ गतेको घट्ना लगत्तै पर्यटक आवतजावतलाई सार्वजानिक सूचना गरेर अनिश्चितकालको लागी रोक लगाएर श्रोतको व्यावस्थापन गरेर झरनामानिर्माण कार्य शुरु गरेको छ । व्यावस्थापन समितिका संस्थापक अध्यक्ष अग्नी लिम्वुकाअनुसार साँगुरीगढी गाउँपालिकाको ६ लाख आर्थिक सहयोगमा झरनामा ढुङ्गा नजझर्ने गरी माछीकाँडे जाली लगाउने काम धमाधम भैरहेको वताए । झरनाको मुख्य घुम्ने स्थानमा वरीपरिवाट माथिवाट ढुङ्गा झर्दा नगाग्ने गरी माछीकाँडे जालीलगाउने कार्य भैरहेको संस्थापक लिम्वुले वताए । जसकालागी झरनाको दायाँवायाँवाट आरसिसि पिलर उठाएर माछीकाँडे जाली लगाउनको लागी काम धमाधम भैरहेको लिम्वुले वताएका छन् । उनले ढुङ्गा झरेर इटहरीका विक्रम तामाङको मृत्यु भएसंगै झर्ना व्यावस्थापन समितिगम्भिर भएर अवको दिनमात्यस्तो अकल्पनिय घट्ना हुन नदिन सचेत भएर काम गरिहेको वताए । उनले घट्नामा परि मृत्यु भएका विक्रम तामाङका परिवारलाई क्रियाखर्च वापततत्काल १ लाख रुपयाँ व्यावस्थापन समितिले उपलव्ध गराएको वताए । साथै, मृतक तामाङका छोरी प्लावर लिटिल बोर्डिङ्ग स्कुल इटहरीमा कक्षा–३ मा अध्ययरत रेविका तामाङलाई निःशुल्क पठनपाठनको लागीपहल भैरहेको संस्थापक अध्यक्ष लिम्वुले वताए । उनले बालिकाको भविश्यलाई सम्झेर झरना व्यावस्थापन समितिले १ लाख, साँगरीगढी गाउँपालिकाले ७५ हजार रुपयाँ संकलनगरि सकेको वताए । साथै, बालिकाको भविश्यलाई सहयोग पुगोस भन्ने उदेश्यका साथ सिम्सुवागोलाईमा होटल संचालन गरिहेको होटल संचालकहरुवाट पनि आर्थिक सहयोग संकलन गरेर दिने निर्णय भएको लिम्वुले वताएका छन् । याङ्गतारु होटलका संचालक समेत रहेका लिम्वुले नमस्ते झरना बन्दभएसंगै भेडेटार, मुलघाट, नाम्जे, लगायतका स्थानमा समेत आन्तरिक तथा वाह्य पर्यटकको आवागमन ७० प्रतिसतले घटेको वताए ।

चिसोका कारण ५ कामदार विरामी नमस्ते झरना व्यावस्थापन समितिका अध्यक्ष दिलिपकुमार लिम्वुले झरनाको निर्माण कार्य धमाधम भैरहेको भए पनि चिसो कारण कामदार विरामी परेको वताए । लिम्वुले झरनाको अत्याधिक चिसोले गर्दा विहानदेखी वेलुकसम्म रेन्कोट लगाएर कामगर्ने कामदारहरु चिसोको कारण निमोनिया भएर विरामी परेको वताए । विरामी पर्ने कामदारहरुमा मित्रकुमार याम्फु, कविराजयाम्फु, पृथ्वी राई, रामकुमार राई र सागर राई रहेका छन् । उनीहरुको विपि कोईराला स्वासथ्य विज्ञान प्रतिष्ठान उपचार भैरहेको अध्यक्ष लिम्वुले ब्लाष्टलाई वताएका छन् । आ.व.०७५/०७६ मा साँगुरीगढी गाउँपालिकाले नमस्ते झरनामा आउने पर्यटकहरुबाट प्रवेश एवं अवलोकन शुल्क संकलनगर्न ११ लाख रुपयाँमा ठेक्का लगाइएको पनि अध्यक्ष लिम्वुले वताए । निर्माण कार्य ढिलो हुँदा व्यावसायीलाई मात्र हैन, झरना व्यवास्थापन समितिलाई समेत घाटा भैरहेको अध्यक्ष लिम्वुले वताएका छन् ।