धरान । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि युएन नवोदय विद्यालयले सोमबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । त्यस क्रममा नव आगन्तुक विद्यार्थीहरूलाई विद्यालयबारे जानकारी दिइएको थियो । विद्यार्थीहरूले पालनागर्नु पर्ने अनुशासन र अन्य नियमहरूबारे पनि उनीहरूलाई बताइएको थियो । विद्यालयले लिएको प्रवेश परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेका विद्यार्थी डम्बर तामाङले सो अवसरमा प्रतिबद्धतापत्र वाचन गरेका थिए । सो प्रतिबद्धतालाई सबै विद्यार्थीले दोहो¥याएका थिए । सो अवसरमा शिक्षक सुमन बास्कोटाले विद्यालयमा विद्यार्थीहरूले पालना गर्नु पर्ने नियमहरूबारे जानकारी दिएका थिए । यसै गरी होटल म्यानेजमेन्टका संयोजक गगन श्रेष्ठले पनि आप्mनो विषयमा छोटो प्रस्तुति दिएका थिए । कार्यक्रममा सञ्चारकर्मी रमेश प्रसाईंले नवआगन्तुक विद्यार्थीहरूलाई उत्प्रेरणात्मक मन्तव्य दिएका थिए । उनले त्यस क्रममा युवाले चाहे जे पनि गर्न सक्ने भएकाले आत्मविश्वास बलियो बनाउन विद्यार्थीहरूलाई आग्रह गरेका थिए । विद्यालयका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका परीक्षा नियन्त्रक विष्णु दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । नयाँ विद्यार्थीहरूलाई विद्यालयको परिवेश र शैक्षिक वातावरणबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको विद्यालयका सीईओ डम्बरकुमार तुम्बापोले जनाए । उनले पठनपाठनसँगै अनुशासन र अतिरिक्त क्रियाकलापमा पनि विशेष ध्यान दिइने जनाए ।