इनरुवा । सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुुनसरीले लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा लक्ष्यभन्दा बढी अर्थात् १७९.६५ प्रतिशत राजश्व असुली भएको भन्सार कार्यालय कोशी ब्यारेजका कम्प्युटर अधिकृत पारसमणि लामिछानेले जानकारी दिए । गत आवमा रु. १३ करोड ४३ लाख १२ हजार लक्ष्य पाएकामा कार्यालयले रु. २४ करोड १२ लाख ८४ हजार राजश्व असुली गरेको छ । कार्यालयले साउनमा रु. ५१ लाख ३७ हजार, भदौमा रु. एक करोड ८६ लाख ५३ हजार, असोजमा दुई करोड १२ लाख ६५ हजार, कात्तिकमा दुई करोड ६ लाख ७३ हजार र मङ्सिरमा दुई करोड २१ लाख ७९ हजार राजश्व सङ्कलन गरेको थियो । यस्तै पुसमा दुई करोड ४६ लाख तीन हजार, माघमा दुई करोड ७५ लाख ४१ हजार, फागुनमा एक करोड ६७ लाख नौ हजार, चैतमा एक करोड ८५ लाख ४७ हजार र वैशाखमा दुई करोड ३४ लाख ६३ हजार राजश्व सङ्कलन गरेको थियो ।