पथरीशनिश्चरे । झापाको गौरीगञ्जस्थित इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि ६ जना स्थानीयले सडकसगं जोडिएको ५० लाख मुल्य बराबरको २ कठ्ठा १० धुर जग्गा निशुल्क प्रदान गरेका छन् ।

कार्यालयको भवन बनाउनका लागि स्थानीय छ जना जग्गादाताहरु मिलेर कार्यायका लागि जग्गा प्रदान गरेका हुन ।  वडा नं. ३ का वडाध्यक्ष मखना महतो, पुर्णकुमार अग्रवाल, अशोक अग्रवाल, महेश कार्की, सानुराजा श्रेष्ठ र केशवकुमार अग्रवालले संयुक्त रुपमा जग्गा उपलब्ध गराएको इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख यज्ञप्रसाद आचार्यले जनाए ।