बेलबारी । टेम्पो तथा ई–रिक्सामा नगरपालिकाले चर्को रकम लिएको भन्दै आन्दोलन गरेपछि बेलबारी नगरपालिकाले करलाई घटाएको छ । प्रत्येक टिप लाग्ने करलाई अब आफ्नो रुटमा दिनभरी दश रुपैया मात्र तोकिएको छ । बेलबारी नगरपालिकाले स्थानीय पूर्वाधार सेवा शुल्क बापत नगरपालिका भित्र आवत जावत गर्ने टेम्पो तथा ई रिक्सालाई कर असुल्दै आएको छ । अव्यवस्थित रुपमा असुली भईरहेको करलाई व्यवस्थित गर्न नगरपालिकाले नगरभित्र एक किसिमको कर प्रणाली लागु गरेको छ । नगरपालिका यस अघि भने नगरपालिकाद्धारा खटाईएका व्यक्तिहरुबाट प्रति टिप दश देखि बीस रुपैया सम्म लिदै आएको चालक संघका अध्यक्ष राजकुमार धिमालले बताएका छन् । श्रम गरेर खानेहरुलाई चर्को कर असुली भएको भन्दै उक्त रकम घटाउन माग गर्दै ई रिक्सा र टेम्पो चालक संघले मंगलबार नगरपालिका घेराउ गरेका थिए । संघको आन्दोलन पछि बुधबार बसेको नगरपालिकामा बसेको बैठकले गरेपछि दश रुपैया कायम गरेको हो । आफ्नो रुट भन्दा बाहिर गएमा थप १० रुपैयातिर्नु पर्ने भएको छ । नगरपालिकाले नगर क्षेत्र भित्र एउटै दर कायम गरिएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाका पराजुलिले बताईन् । प्रत्येक बाटोमा छुटा छुटै दरमा लाग्ने सेवा शुल्क आर्थिक वर्ष ०७५/०७६ मा भने नगरपालिकाले एउटै बनाएको छ । रोजगारीका अवस्था सृजना गरेर टेम्पो तथा रिक्सा चालकहरुलाई आत्मनिर्भर बनाउने नगरको लक्ष्य रहेको पनि उनले बताईन् ।