इटहरी । नेपाल पत्रकार महासङ्घ सुनसरी र स्थानीय तहसँगको सहकार्यमा प्रदान गरिएको लेखनवृत्तिबापत् पारिश्रमिक बुधबार हस्तान्तरण गरिएको छ । पहिलो पटक निर्वाचित स्थानीय तहसँगको सहकार्यमा सुनसरीका पाँच स्थानीय तहको भौतिक पूर्वाधार, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, धार्मिक तीर्थस्थल, डुबानलगायतका समसामयिक विषयमाथि सञ्चारकर्मीले आलेख तयार पारेका थिए । इटहरी, धरान, इनरुवा, दुहबी, वराहक्षेत्र नगरपालिका क्षेत्रमा कार्यरत २१ जना क्रियाशील सञ्चारकर्मीलाई खोजमूलक समाचार लेखनबापत रकम हस्तान्तरण गरिएको महासङ्घ सुनसरी अध्यक्ष अमर खड्काले बताए ।