पानवारी । धरानमा रहेको अपाङ्ग पुनस्र्थापना गृहलाई कोरियामा सक्रिय नेपकोर इन्टरटेन्मेन्टले सहयोग गरेको छ । नेपकोर इन्टरटेन्मेन्टले पुनस्र्थापना गृहलाई २० हजार बराबरको खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरेको छ । नेपकोर इन्टरटेन्मेन्ट इपिएस कोटाबाट कोरियामा रोजगारीका लागि पुगेका नेपालीहरुको संस्था हो । संस्थाले कोरियामा दुःखमा परेका नेपाली, विभिन्न कठिनाइ तथा असहाय नेपालीहरुलाई सहयोग पु¥याउने गर्दछ । साथै समय समयमा नेपालमासमेत सामाजिक सेवाको क्षेत्रमा सहयोग गर्दै आएको संस्थाकी सक्रिय सदस्य धरान–१३ निवासी माला श्रेष्ठले बताइन् । श्रेष्ठले विगत ७ वर्षदेखि अपाङ्ग पुनस्र्थापना गृहमा आफ्नो जन्मदिन मनाउँदै गृहमा रहेका असहायहरुलाई एकदिन खाना खुवाउने गरेकी छन् । उनी कोरियामा रहँदासमेत उनका बुबाले पुनस्र्थापना गृहमा आएर खाना खुवाउने गरेको बुबा कृष्णकुमार श्रेष्ठले बताए । उनले परिवारकै जन्मदिन कुनै न कुनै ठाउँमा गएर मनाउने गरेको बताए ।