रङ्गगेली । बिहिबार बस्ने तय भएको प्रदेश १ सासद बैठक तिन दिनकालागी सुचना टासी स्थगित गरेको छ । गत साउन ६ गते बसेको बैठक प्रतिपक्ष दल नेपाली काग्रेसले डाक्टर गोविन्द केसीको समर्थनम सदन चल्न नदिए पछि सभामुख प्रदिपकुमार भण्डारीले साउन १० गते १ बजेकालागी बैठक आव्हान गरेका थिए । बिहिबारको बैठक ३ दिनका लागी स्थगितकाे सुचना टासीएकाे हो । प्रदेश सभाका सचिव वासुदेव शर्मा पौडेलको हस्ताक्षर सहित टासीएको सुचनापत्रमा साउन १० गते बिहिबार बस्ने गरी निर्धारण गरिएको प्रदेश सभाको बैठक विशेष कारणबस बस्ने नसक्ने भनि उल्लेख गरिएको छ । सुचनापत्रमा आगामी बैठक साउन १३ गते बस्ने उल्लेख गरिएको छ । पदेश सभाको बैठक सुचना टासेर स्थगित भएको यो दोस्रो पटक हो ।